Header Ads

एक किलो महको मूल्य ७ लाख रुपैयाँ ?

एक किलो महको मूल्य कति पर्ला ? तपाईको सहज अनुमान हुनसन्छ २/४ सयदेखि बढीमा हजार । तर, आज हामी तपाईलाई यस्तो महबारे जानकारी दिँदै छौं-जसको मूल्य कारको भन्दा बढि पर्छ । टर्किमा उत्पादित ‘एल्विस’ नामको यो महको मूल्य प्रतिकिलो ५ हजार युरो अर्थात् झण्डै ७ लाख रुपैयाँ पर्छ । यो महको मूल्य यति महंगो पर्नुमा खास कारण छ । यो १८ सय मिटर गहिरो गुफामा उत्पादित प्राकृतिक मह हो । हुन त संसारमै टर्कीको मह अब्बल मानिन्छ । तर, त्यहाँको सारिकायर उपत्याकाको गुफामा उत्पादित यो मह झनै खास छ । स्थानीय माहुरी पालक गुनाय भन्छन्-यो सबैभन्दा महंगो मह हो । यो मह बनाउने क्रममा महुरीले गोला बनाउँदैन ।’ यो उपत्याकामा थुप्रै औषधिजन्य बनपस्ति रहेका कारण पनि यो मह खास रहेको उनले भनाई छ । 

गुनायको तीन पुस्ताले महुरी पालन गर्दै आएको छ । २००९ मा गुफामा माहुरी आवत जावत गरिरहेको देखेपछि यो मह भएको आशंका गरिएको थियो । ब्यबसायिक आरोहीको सहयोगमा गुफाभित्र गएपछि १८ किलो मह भेटिएको थियो । उक्त मह फ्रान्सेली ल्याबमा परिक्षण गर्दा यो सात बर्ष पुरानो भएको र महत्वपूर्ण तत्वले भरिपूर्ण पाइएको थियो । २००९ मा फ्रान्सको स्टाक एक्सचेन्जमा पहिलो पटक एक किलो मह ४ हजार ५ सय यूरोमा बेचिएको थियो । त्यसको एक वर्षपछि चीनका फर्मासिस्टले २८ हजार यूरोमा मा किनेका थिए । अहिले यसको मूल्य ५ हजार युरो प्रतिकिलो तोकिएको छ । टर्कीमा सामान्यतयाः ५ हजार भन्दा कम मूल्यमै नयाँ कार आउँछ । तर, कारभन्दा महंगो यो महको चर्चा र माग पनि उत्तिकै छ ।

- Onlinekhabar


Powered by Blogger.