Header Ads

नेपालमा प्रधानमन्त्रीको उम्मेदवारी दर्ता आजदेखि

कमल प्रसाद घिमिरे
काठमांडौ। ठुलो दलको हैसियतले सरकारको नेतृत्व गर्न कस्सीएको नेपाली कांग्रेससँग नेकपा एमाले लगायतका दलहरुको कुरा नमिलेकाले निर्धारित चुनावबाटै कांग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री बन्ने निश्चित छैन। संविधानसभा भवन नयाँ बानेश्वरमा सोमबार हुने प्रधानमन्त्रीको निर्वाचन कार्यतालिका अनुसार आइतबार बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ता गरी सक्नु पर्नेछ। सबैभन्दा ठुलो दलको हैसियतले नेपाली कांग्रेसको तर्फबाट संसदीय दलका नेता सुशील कोइरालाले प्रधानमन्त्रीको उम्मेदवारी दिने उक्त पार्टीका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले बताए। कोइराला एक्लो उम्मेदवार भए पनि उनले बहुमत भने जुटाउनु पर्नेछ।

‘सहमति’
सबैभन्दा नजिकको सम्भावित सत्ता साझेदार एमालेको चित्त नबुझिसकेकाले बहुमत आउने सम्भावना कमजोर देखिन्छ। तर प्रवक्ता बडुले भने, “पर्सीसम्ममा सबै कुरा निर्णायक ढंगले टुंग्याउँछौं, सहमति जुट्छ।” दोस्रो ठुलो दल एमाले र तेस्रो दल एकीकृत माओवादीले यसअघि नै प्रधानमन्त्रीको उम्मेद्वारी नदिने बताइसकेका छन्। संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माका अनुसार एकजना मात्र उम्मेदवार हुदा पनि उम्मेदवारले उम्मेदवारी, प्रस्तावकले प्रस्ताव र समर्थकले समर्थन गर्नु पर्दछ। “त्यसपछि त्यो निर्णयार्थ प्रस्तुत गर्नु पर्ने व्यवस्था छ।” “विद्यमान नियमावलीले तटस्थ बस्ने व्यवस्था गरेको छैन।”

'कानून'
कानूनले तोकेको अवस्थामा बाहेका कुनै पनि संसदको सदस्य निर्वाचनमा अनुपस्थित रहन नपाउने व्यवस्था छ। त्यसो हुँदा मतदानमा भाग लिनै पर्छ। प्रधानमन्त्रीका उम्मेदवारको नाम निर्णयार्थ पेश हुँदा विपक्षमा मत हाल्ने सकिने व्यवस्था छ। काठमाण्डूस्थित बीबीसीका एक सम्वाददाता भन्छन्, “एमाले र एमाओवादी विपक्षमा उभिएमा चुनाव अनिर्णित हुनसक्ने भएकाले सहमति हुन नसके दलहरुले मतदानको मिति सार्ने सम्भावना पनि जिवितै रहेको जानकारहरु बताउँछन्।”

Powered by Blogger.