Header Ads

महेन्द्र पी लामालाई भारतीय गोर्खा परिसंघको समर्थन

डी के वाइबा
कालेबुङ “हामीले छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दालाई अघि बडाउँने भूमीपुत्र उम्मेद्वारको कुरा गरिरहेका छौँ। हामीमाझ भूमीपुत्रमा डा महेन्द्र पी लामा मात्र योग्य व्यक्ति हुने। तिनी राज्य र केन्द्रसरकारको रिमोटले चल्ने व्यक्ति होईनन। अरु नेताहरु जस्तो बिक्री भएका नेता पनि होईनन्। यसकारण भागोपले आगमी लोक्सभा चुनावमा डा लामालाई समथन गर्ने निर्णय गरिएको छ” उक्त कुरा भारतीय गोर्खा परिसंघका राष्ट्रिय अध्यक्ष रेभरेन डा एनोसदास प्रधानले भनेका हुन। आज भागोप राष्ट्रिय अध्यक्ष रेभरेन डा प्रधानले एक पत्रकार सम्मेलन आयोजना गरेर आखिरमा दार्जीलिङ पहाडबाट आगमी लोकसभा चुनावमा निर्दलीय प्रार्थीका रुपमा चुनावी मैदानमा ओर्लिएका डा महेन्द्र पी लामालाई भारतीय गोर्खा परिसंघले समर्थन गर्ने निर्णय गरेको बताए। यस अघि भागोपको नीति निर्धारण समीतिको एक बैठक सिलगडीमा बसेको जानकारी गराउँदै उक्त राष्ट्रिय नीति निर्धारण समितिले नै डा लामालाई समर्थन गर्ने प्रस्ताव पारित गरेको डा प्रधानलले अझ बताए।

उक्त बैठकमा बिभिन्न राज्यहरुबाट आएका प्रतिनिधिहरुको सहभागीतामा आगमी लोकसभा चुनावलाई केन्द्र गरेर विविध चर्चा परिचर्चा गरेपछि आखिरमा दार्जीलिङ लोकसभा समष्टिबाट डा महेन्द्र पी लामाई औपचारिक समर्थन गर्ने प्रस्ताव पारित गरेको हो। यसको साथै भागोपले बिभिन्न राज्यहरुमा गोर्खा बहुल क्षेत्रहरुमा त्यस क्षेत्रका गोर्खाहरुको समस्यालाई अग्रिम पंक्तिमा उठान गर्ने राजनैतिक दलहरुलाई खुल्ला समर्थन गर्ने घोषणा गरेको छ। “हामी भूमीपुत्र भन्दैछौं। तर हामीलाई बिक्री हुने भूमीपुत्र चाहिएको छैन। अरुको रिमोटले चल्ने पनि चाहिएको छैन। यस्ता सबल र सक्षम व्यक्ति केवल डा महेन्द्र पी लामा मात्र हुन” रेभरेन डा एनोसदास प्रधानले डा लामाको प्रशंसा अनि अन्य नेताहरुप्रति कटाक्ष गर्दै भने। केन्द्रमा बिगतका दिनहरुमा जाँदा सबै राजनैतिक पार्टीहरुलाई मिलेर आउँनु भन्ने गरे पनि अहिले भने केन्द्रले जानेहरुलाई किन बेग्ला बेग्लै मुद्दाको कुरा गरिरहेका छौँ भन्ने गरेको पनि तिनले बताएका छन।

“गोर्खाल्याण्ड असम्भव छैन। यसको निम्ति हामी एकबद्ध भएर लड्नेछौँ। यसको निम्ति चुनाव समाप्त भएर भागोपले राष्ट्रिय साझा मञ्च तयार पारेर गोर्खाल्याण्डको मुद्दालाई राष्ट्रिय स्तरमा अघि बडाएर लैजानेछ” प्रधाने अझ भने। भारतीय गोर्खाहरुको राष्ट्रिय राजनैतिक चिन्हारीको निम्ति छुट्टै राज्य गोर्खाल्याण्ड बाहेक जीटीए, छैटौँ अनुसूची, एकिकरण, बिलय कुनै पनि स्थायी समाधान नरहेको दाबी गर्दै गोर्खाल्याण्डकै निम्ति डा लामालाई समर्थन गरेको तिनले अझ स्पष्ट पारे। तिनले चुनाव पछि राष्ट्रिय स्तरको साझा मञ्च तयार पार्नको निम्ति भागोपले सुखमान मोक्तानलाई संयोजक बनाएको बताउँदै यसबारे सबै कार्य लोकसभा चुनाव सकेर गर्ने जनाएका छन। यसक्रममा भागोपको राष्ट्रिय नीति निर्धारण समितिको बैठकमा राष्ट्रिय कार्यकारी समितिको फेरबदल गरेको पनि जानकारी दिएका छन। केही समयदेखी निष्क़्रिय बनेका कार्यकर्ताहरुलाई फेरबदल गरिएको बताउँदै यसक्रममा महासचिव प्रभाकर देवानको स्थानमा भूपेन्द्र अधिकारीलाई भागोपको महासचिव बनाईको अनि यसको साथै आर मोक्तानलाई राष्ट्रिय प्रवक्ता चयन गरिएको बताए। 

पत्रकार सम्मेलनमा बोल्दै डा प्रधानले अहिलेघरी भारतीय गोर्खा परिसंघलाई भत्काउँने षडयन्त्र भईरहेको बताउँदै यस्ता शक्तिहरुसंघ जुझ्नको निम्ति नि नीति निर्धारण समितिले चर्चा गरेको बताएका छन। तिनले भागोपका पूर्व कार्यकारी अध्यक्ष सी के श्रेष्ठप्रति निशना गर्दै तिनको नाउँ नलिई कतिपय व्यक्तिहरुले आफैलाई भागोपको आजीवन सदस्य बताएर भागोपकै खोईरो खन्ने कार्य गरिरहेको आरोप लगाए। यदि आफैलाई भागोपको सदस्य मान्छन भने यस्ता व्यक्तिहरुले भागोपको बदख्वाँई नगर्ने पनि तिनले बताए। यसैक्रममा सी के स्रेष्ठले अघि सारेको ‘गोर्खा नेशनल सेटलाईट काउन्सिल’ गोर्खाल्याण्डको मुद्दालाई बधा दिने षडयन्त्र हो भने। ‘गोर्खा नेशनल सेटलाईट काउन्सिल’ केन्द्र सरकारद्वारा प्रायोजित गोर्खाल्याण्डको मुद्दा बिथोल्ने षडयन्त्र हो। यसबारे उत्तरपूर्व राज्यहरुबाट सबैले समर्थन गरेका छन भनेर तिनले झूटो प्रचार गरिरहेका छन। यो केन्द्र सरकारद्वारा प्रायोजित षडयन्त्र मात्र हो” डा एनोसदास प्रधानले भने।

Powered by Blogger.