सुन्दर भन्दा सुन्दर तिम्रो मुहार : नेपाली कविताहरु
सुन्दर भन्दा सुन्दर तिम्रो मुहार ,
एउटै थियो हजारमा ,
भित्रको उज्यालो देख्न सकेनौ ,
बिक्री भएछौ बजारमा
आँखा तिम्रो बन्द भयो ,
सुनको उज्यालो ले अन्धा भयो ,
चाँदीको तिम्रो धागोहरू ,
तिम्रो गलाको फन्दा भयो
सोचेर पनि सोच्नै नसक्ने ,
कहाँ थियो तिम्रो होशहरू ?
मदिराको घुट्कोलाई सोधी हेर ,
तिम्रै थियो दोषहरू
रंगी-बिरंगी नशामा ,
सपना देखेको कहीं गएन ,
यौवनको जोशमा नाँची बस्दा ,
आफै बेचिएको थाहा भएन
हिज तिमीले हामीलाई हेरी ,
स्वर खोलेर हाँसे'थ्यौ ,
समयको कांटा घुमी सक्यो ,
आफै चाहिं तराजुमा बसेछौ
आर्नोल्ड राई ,
सन्त मेरीज हिल ,
खर्साड्ग
एउटै थियो हजारमा ,
भित्रको उज्यालो देख्न सकेनौ ,
बिक्री भएछौ बजारमा
आँखा तिम्रो बन्द भयो ,
सुनको उज्यालो ले अन्धा भयो ,
चाँदीको तिम्रो धागोहरू ,
तिम्रो गलाको फन्दा भयो
सोचेर पनि सोच्नै नसक्ने ,
कहाँ थियो तिम्रो होशहरू ?
मदिराको घुट्कोलाई सोधी हेर ,
तिम्रै थियो दोषहरू
रंगी-बिरंगी नशामा ,
सपना देखेको कहीं गएन ,
यौवनको जोशमा नाँची बस्दा ,
आफै बेचिएको थाहा भएन
हिज तिमीले हामीलाई हेरी ,
स्वर खोलेर हाँसे'थ्यौ ,
समयको कांटा घुमी सक्यो ,
आफै चाहिं तराजुमा बसेछौ
आर्नोल्ड राई ,
सन्त मेरीज हिल ,
खर्साड्ग


Post a Comment