‘गुगल प्लस’ असफल, छिटै बन्द हुँदै
इन्टरनेट बादशाह गुगलले आफ्नो सामाजिक संजाल ‘गुगल प्लस’ बन्द गर्ने तयारी गरेको छ ।
अमेरिकी प्रबिधि साइट टेक क्रन्चले स्रोतको हवाला दिँदै भनेको छ–‘ गुगल प्लस अपेक्षित सफल हुन नसकेपछि यसलाई छिटै बन्द गरिदै छ ।’
यसको अर्थ अब गुगल प्लस सामाजिक संजालका रुपमा नभई एउटा वेब प्लेटफर्म मात्र रहने छ । जीमेल र युट्युवजस्ता गुगलका चर्चित प्रोडक्टसँग भने एकाकार गरि राखिने छ ।
दैनिक ७० लाख सक्रिय प्रयोगकर्ता रहेको गुगल प्लस फेसबुकसँग प्रतिस्पर्धा गर्न असफल भएको थियो ।
जसले गर्दा प्रयोगकर्ता बढाउन उसले जीमेल र युट्युव प्रयोगकर्तासँग बलपूर्वक गुगल प्लस सेवा प्रयोग गर्नुपर्ने अबस्था सिर्जना गरेको थियो ।
गुगल प्लसमा कार्यरत करिव १ हजार २ सय कर्मचारीलाई एन्ड्रोइडतर्फ सारिने बताइएको छ । गुगल ह्याङआउट र फोटो टीमलाई पनि एन्ड्रोइडमै सारिने छ भने बाँकी स्टाफलाई गुगल वीजेट निर्माण लगाइने छ ।
गत सातामात्र गुगल प्लसका निर्माताले कम्पनीबाट राजीनामा दिएका थिए । तर, त्यसले कम्पनीको नीतिमा कुनै परिवर्तन नहुने गुगलले दावी गरेको छ ।


Post a Comment