सङ्कटमा कवि टेगोरको सम्झना
प्रज्ज्वल छेत्री
कालेबुङ :
“कवि गुरु रविन्द्रनाथ टोगोरले आफ्नो 78 औँ जन्मजयन्ती कालेबुङको गौरीपुर हाउसमा मनाएका थिए।
25 अप्रेल 1940 मा कवि टेगोरले “जन्मदिन”-नामक कविता गौरिपुरहाउसबाट नै टेलिफोनमार्फत अल इण्डिया रेडियो स्टेटसनमा लाइव् सुनाए। यसै दिन कालेबुङमा पहिलोपल्ट टेलिफोन सेवा शुरु भएको थियो। त्यसबेला अविभाजित भारतमा उनको प्रसिद्ध कविता “जन्मदिन”-कालेबुङदेखि दिल्ली हुँदै लाहोरसम्मले सुनेको थियो।”
कवि टेगोरको गौरिपुर हाउससित गाँसिएको सम्झनाहरू सुनाउँदै पूर्व प्राध्यपक एमएन भट्टचार्य यसो भन्छन्।
कालेबुङ शहरदेखि दुई किलोमिटर टाडामा अवस्थित गौरिपुर हाउसमा कवि टेगोर गर्मीको मौसमा आएर समय काट्ने गर्थे। 1938 सालमा पहिलोचोटी कालेबुङ आएका कवि टोगेरले गौरिपुर हाउसमा नै बसेर अनेकौँ कविताहरू कोरे। उनले यसै समय जन्मदिन, माया, जास्का, जारतीखाती जस्ता उत्कृष्ट कविताहरू कोरे। टेगोरले यसबेला गौरिपुर हाउसमा दुई महिना बिताएका थिए।
यसपछि गौरिपुर हाउसले कवि टेगोरको मन पहाडतिरै तानिरह्यो। उनी तीन-चारपटक गौरिपुर हाउस आएर बसे।
यसपछि उनले 1940 मा दोस्रोचोटी गौरिपुर हाउसमा आएर समय काटे। यसबेला उनले अपाघात, नामकरण, जलसंसार जस्ता कविताहरू कोरे। एक प्रसिद्ध लेखक एवं इतिहासकार सुराजत दासगुप्ताले पनि यि कुराहरू आफ्ना ब्लकमा उल्लेख गरेका छन्।
देशकलाई राष्ट्रिय गीत दिने कवि टेरोगसित अनेकौँ सम्झना जोडिएको गौरीपुर हाउस भने अहिले जीर्ण अवस्थामा छ। गौरिपुर हाउस खण्डहरसहर भइसकेको छ। यो भवन कोलकाताका एक व्यक्तिको नीजि सम्पत्ति रहेकोले तीन पुस्तादेखि एक परिवारलाई यसको देखरेखको जिम्मा दिएको छ। यसै भवनमा बस्दै आइरहेका उक्त परिवारका एक सदस्यले आफूहरूलाई कोलकाताका मालिकले गौरिपुर हाउसको देखरेख गर्ने जिम्मै दिएको बताइन्। गौरिपुर हाउसको वरिपरि झारजङ्गलले पुरिएको छ। पुराना ढाँचामा निर्मित भवन भत्किएर अत्यन्त सोचनीय अवस्थामा पुगिसकेको छ। कवि गुरुको सम्झनासित जोडिएको गौरिपुर हाउस केही वर्षपछि स्वतः विलिन भएर जाने अवस्थामा छ।
“हामीले पनि धेरै कोशिश गऱ्यौँ जीर्णोद्वार गर्ने तर भएन”-पूर्व प्राचार्य एवं शिक्षाविद् टीबी ठकुरीले भने, “टोगोरको इतिहास जोडिएको गौरिपुर हाउसको संरक्षर र सम्बद्धन गरिनपर्ने हो।”
उनले कवि टेगोरको सम्झनाहरू साझा गर्दै अझ भने अनुसार, कवि गुरु समय-समयमा गौरिपुर हाउस आइरहन्थे।
यहाँका मानिसहरूलाई भेला गरेर रविन्द्र सङ्गीत सुनाउँथे, कविताहरू कोर्थे। यी नै कवि टोगोरको सम्झनाहरू गाँसिएको गौरिपुर हाउसलाई सरकारले संरक्षण गरेर पर्यटकी केन्द्रको रूपमा स्थापित गर्नुपर्ने ठकुरी बताउँछन्।
यता बङ्गाली समुदायलाई प्रतिनिधित्व गर्दै एमन भट्टचार्यले गौरिपुर हाउसको जीर्णोद्वार गर्ने दिशामा आफूहरूले पहल गरेपनि सरकारले चासो नदिएको बताउँछन्।
“त्यसै पनि दार्जीलिङ एउटा उपोक्षित जिल्ला हो”-उनी भन्छन्,”यसमा राज्य सरकारको कुनै दृषि छैन।”
सरकारको यस्तो उदासिततालाई पटक्क समर्थन गर्ने धारणा बोक्ने भट्टचार्यले गौरीपुर हाउसलाई दार्जीलिङ मात्र सोचेर होइन विश्वकवि टेगोरलाई सोचेर यसको जीर्णोद्वार गर्नुपर्ने विचार पोख्छन्।
यसको जीर्णोद्वारका निम्ति यहाँका बङ्गाली समुदायले साङ्गठनिक रूपमा पश्चिम बङ्गाल सरकार लगायत हेरिटज काउन्सिल हुँदै स्थानीय नेतृत्वहरूसित पनि कुराकानी गरेको हो। तरैपनि गौरीपुर हाउसको जीर्णोद्वार गरिने दिशा कुनै पहल भएन।
“यो बङ्गाल सरकारको कर्तव्य हो,उनले भने-“यसलाई हेरिटिज बिल्डिङ घोषणा गर्नुपर्छ।”
गौरीपुर हाउससित कवि टेगोरको सम्झना गाँसिएकाले आज पर्यन्त यहाँ देशी तथा विदेशी पर्यटककहरू आउने गरेका छन्। पर्यटकहरूले यहाँ आएर भक्तिएको भवनबाहेक अन्य केही देख्न सक्दैनन्।
रोबिन्द्रनाथ ठाकुर विश्वविख्यात कवि, साहित्यकार, दार्शनिक र भारतीय साहित्यका एकमात्र नोबेल पुरस्कार विजेता हुन्।
बङ्गला साहित्यको माध्यम बाट भारतीय सांस्कृतिक चेतनामा नयाँ ज्यान हाल्ने एक युगद्रष्टा थिए। उनी एशिया का प्रथम नोबेल पुरस्कार सम्मानित व्यक्ति हुन्। टेगोर विश्वका एकमात्र त्यस्ता साहित्यकार हुन् जसका दुई रचना दुई अलग देशका राष्ट्रगान बने। भारतको राष्ट्र-गान जन गण मन रबंगलादेशको राष्ट्रिय गान आमार सोनार बांग्ला टेगोरकै रचना हुन्।
यस्ता व्यक्तित्व टेरोगले छोडिराखेका सम्झनाहरू आजपनि गौरिपुर हाउस, चित्र भानु, मङ्पुको रविन्द्र भवन आदितिर पाइन्छ।
एकातिर गौरिपुरको हाउससित जोडिएको कवि टेगोरको सम्झना विलिन हुने अवस्थामा छ भने मङ्पुको रविन्द्र भवन अनि कालेबुङकै चित्रभानुको पनि उचित संरक्षण र सम्बर्द्धन हुन सकेको छैन।
लाखौँ रुपिँया खर्च गरेर अन्तराष्ट्रिय स्तरमामा रविन्द्र जयन्ती मनाउने गरेको छ। तर गौरिपुर हाउस्, रविन्द्र भवन, महिला स्वरोजगारका निम्ति टेगोर परिवारले उपहारस्वरुप दिएका चित्रभानुसित जोडिएका टेगोरका सम्झना भने संकटमा छ।
Post a Comment