Header Ads

तिम्राे विश्वासको ठोकरहरू : नेपाली कविताहरु


तिम्राे विश्वासको ठोकरहरू ,
औषधि बिना जाती हुन्छ ,
मीठो - तीतो भाग्य लेख्ने ,
सबैको भगवान माथि हुन्छ


अचानक उठ्ने छालहरू ,
संसार भरिको भूलहरू ,
" बिदा " भनेर गइ सकेछ ,
गाड़ीले छोड़ेको धूलहरू 


तिम्राे हेराइको परेलीमा ,
आँसुहरू छल्की सकेछ ,
रूँदै नरूने कसम खाएर ,
गालामा आँसु टल्की सकेछ 


तिम्राे आँखाको गाजल ,
निराशामा फाटी सकेछ आँचल ,
खोज्ने - सोच्ने जीन्दगी बोकेर ,
मरी सकेछ यहाँ पागल 


माथी - तल घुमी रहने ,
बगी रहेको खोला ,
मैले जीन्दगीलाई बुझ्न सकीन ,
कविताको अन्त्य यही होला 


आर्नोल्ड राई ,
सन्त मेरीज हिल ,
खर्साड्ग
Powered by Blogger.