Header Ads

हावा मा बादल उड़ेर : नेपाली कविताहरु

हावा मा बादल उड़ेर,
पानीलाई खोला मा छोड़ी दिन्छ,
सम्झना को परिवेश मा बाँधिएर,
अतित लाई युग संग जोडी दिन्छ |


भावना भित्र को सत्य किताब,
मेरो जाती लाई खोली दिन्छु,
जिउँदो बाँचेको पहरा मा,
आँफैलाई एक क्षणलाई भुली दिन्छु |


सुन को फुल खोजी -खोजी,
आफ्नै कपाल मा खिलेर गयो,
सानो -ठुलो गोर्खाली राजा लाई
गोरा जाती ले निलेर गयो |


जन्जिर भित्र बन्द भएको,
फलाम को ताला तोडिन्छ,
किताब भित्र चेप्टिएको,
गोर्खा को इतिहास खोलिछ |


गोर्खा को आवाज यो मन मा,
मुटु चिरिने खल्बलिएको छ,
घनघोर बन को पाखा मा,
गोर्खा कतै अल्मलिएको छ |


हाम्रो जाती को छाती मा,
धेरै कथा साँचो छ,
अब भयो पर्खिनु पर्दैन,
नक्कली रगत को खाँचो छ |


आर्नोल्ड राई,
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |
Powered by Blogger.