बिहान मिर्मिरे उज्यालो मा : नेपाली कविताहरु
बिहान मिर्मिरे उज्यालो मा,
स्वास्नी लाई सोंच्दै हिंड्दो रहेछ,
ढुङ्गा को चेप -चाप मा,
मायालु लाई खोज्दै हिंड्दो रहेछ |
स्वास्नी लाई सोंच्दै हिंड्दो रहेछ,
ढुङ्गा को चेप -चाप मा,
मायालु लाई खोज्दै हिंड्दो रहेछ |
खोला को छेउ मा तिर्मिरे धारा,
म लुगा धुने छु,
सुकेको लुगा हातै मा राखी,
तिमीलाई दिने छु |
म लुगा धुने छु,
सुकेको लुगा हातै मा राखी,
तिमीलाई दिने छु |
बन भरी खोजी ल्याएको भारी,
पाखैमा राख्ने छु,
तिमीले दिएको ताराको टुक्रा,
काखैमा राख्ने छु |
पाखैमा राख्ने छु,
तिमीले दिएको ताराको टुक्रा,
काखैमा राख्ने छु |
स्वास्नीले गाएको लैबरिको भाका ले,
कान मा आई जिस्काउँदो रहेछ,
बिहानै को उज्यालो मा,
निन्द्रा मा आई बिउंझाउदो रहेछ |
कान मा आई जिस्काउँदो रहेछ,
बिहानै को उज्यालो मा,
निन्द्रा मा आई बिउंझाउदो रहेछ |
बिहान भयो खोलै खोला,
साँझ पर्यो रित्तो झोला,
खानु पिउनु केहि छैन,
एक्लो जिन्दगी के गर्नु होला |
साँझ पर्यो रित्तो झोला,
खानु पिउनु केहि छैन,
एक्लो जिन्दगी के गर्नु होला |
आफ्नो संसार मा घुमी हिंड्छ,
उसले स्वास्नी लाई खोजी हिंड्छ,
पछ्यौरी समातेर सोंची बस्छ,
एक दिन उ चप्लेटी ढुंगामा मर्छ |
उसले स्वास्नी लाई खोजी हिंड्छ,
पछ्यौरी समातेर सोंची बस्छ,
एक दिन उ चप्लेटी ढुंगामा मर्छ |
अर्को जुनी मा फेरी जन्मेछ,
धोबिनी चरा भएछ,
स्वास्नी लाई ढुङ्गा को अघि पछी खोजी बस्छ,
युग -युग सम्म लाई |
धोबिनी चरा भएछ,
स्वास्नी लाई ढुङ्गा को अघि पछी खोजी बस्छ,
युग -युग सम्म लाई |
आर्नोल्ड राई,
सन्त मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |
सन्त मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |
Post a Comment