नेपाली भाषा दिवसमा सबै गोर्खा सन्तानलाई शुभकामना
उत्तम कुमार छेत्री
आज भाषा दिवस को शुभ
उपलक्षयमा सबै मेरो भारतीय नागरिक
गोर्खा सन्तानलाई आन्तरिक शुभ
कामना पुगोस.
२० अगस्त १९९२ को आजकै दिन
नेपाली भाषाले भारतीय
संविधानको आठओं
अनुसूचीमा मान्यता प्राप्त
गरेको ऐतिहासिक दिन जसलाई
हामी भारतीय नागरिक गोर्खाहरु
भाषा मान्यता दिवसको रुपमा मनाउछौं.
हामीले हाम्रै आफ्नै देश भारतमा ४३ वर्ष
संघर्ष गरेर प्राप्त
गरेको भाषा मान्यता यसैले
थाहा हुन्छ हाम्रै
सरकारको हामी प्रति को सोच.
यो पनि एउटा सोचनीय बिषय हो. तर
हामी आफ्नो उद्देश्यमा सफल
भयौं येही हाम्रो गणतान्त्रिक विजय
थियो.
आज
हाम्रो निम्ति एउटा ऐतिहासिक
दिन. कुनै
पनि जातिको भाषा साहित्य
संस्कृति विलुप्त भयो भने
त्यो सिंगो जाति आँफै विलुप्त भएर
जान्छ भन्छन यसर्थ आफ्नो भाषा,
साहित्य र सानाकृति लाई बचाएर
राख्नु होस्.
भाषा हो सभ्यता हाम्रो सारा उदय
उन्नति
जाति वैभव भाषामै बाँच्दछन पछि सम्म
यी
हजुर हरुकै .


Post a Comment