बढेको पाप , सडेको दुनियाँ : नेपाली कविताहरु
बढेको पाप , सडेको दुनियाँ,
झरेछ आगो मा,
बनेछ साथी , ढुंगा लाई राखी,
पानी को छांगोमा |
झरेछ आगो मा,
बनेछ साथी , ढुंगा लाई राखी,
पानी को छांगोमा |
जीवन को साथी , घुमेर हिंड्ने,
समुन्द्र पारी छ,
रोप्नु नै पर्ने , हामीलाई पनि,
घर मुनी बारी छ |
तिमीले बान , चलाको थियौ,
धनु मा हालेर,
सागर बाट , किनार मा पुगे,
यो मुटु टालेर |
साँचो को पासो , के थियो चासो,
गला मा बसेछ,
आँखा को आँसु , रोकेर राख्दा,
गाला मा झरेछ |
देउता को कसम , खाएर ल्यायौ,
मारेर भागेछौ,
पश्च़ताप को फुल , मुठी मा ल्याई,
चिहान माथी राखेछौ |
आर्नोल्ड राई,
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |


Post a Comment