सिक्किमका गोर्खे नेता जीएम राईको निधन
सिक्किमलगायत भारतीय गोर्खाहरूको राजनैतिक हक अधिकार तथा
चिन्हारीको प्रश्नलाई लिएर सधैं संघर्षरत जुझारू गोर्खे नेता जीएम राईको
निधन भयो। 55 वर्षीय राईको निधन गुडगाउँको मेदान्त अस्पतालमा आज बिहान
12:10 बजी भएको पारिवारिक सूत्रले बताएका छ। लामो समयदेखि हृदयघात पछि
थलिएका राईलेआफ्नो राजनैतिक जीवन शुरूमा सिक्किममको सत्तारूढ दल एसडीएफका
संस्थापक सदस्यको रूपमा शुरु गरेका थिए। पछि उनले जातीय मुक्तिको निम्ति
गोर्खा एपेक्स कमिटि (ग्याक) गठन गरेर एसडीएफबाट अलग रही कार्य थाले भने
ग्याक पछि सिक्किम गोर्खा प्रजातान्त्रिक पार्टी गठन गरे चुनाउमा समेत भाग
लिएका थिए। उनको निधनले गोर्खा समाजमा एउटा नपुरिने अभाव सिर्जना भएको छ।
पारिवारीक सूत्रले दिएको जानकारी अनुसार उनको पार्थिव शरीर भोलि सिंगतामा
ल्याइपुऱ्याइन्छ भने पर्सिको दिन 15 सेप्टेम्बरको दिन टिस्टा नदीको किनारमा
अन्तिम संस्कार गरिने थाहा लागेको छ।मृतात्माको शान्तिको कामना गर्दै
शोकाकूल परिवारमा हार्सदिक सम्वेदना प्रकट गर्दछौ।


Post a Comment