युगले जन्माएको पिंजरा भित्र : नेपाली कविताहरु
युगले जन्माएको पिंजरा भित्र ,
एक - अर्कालाई लुछ्नु परेको छ ,
बाटो बिर्सिएको ओड़ार भित्र ,
आफैलाई खोज्नु परेको छ
एक - अर्कालाई लुछ्नु परेको छ ,
बाटो बिर्सिएको ओड़ार भित्र ,
आफैलाई खोज्नु परेको छ
" ढकढकाऊ बन्द भएको ढोकालाई , "
पागल भएर कराएछु ,
स्वार्थी संसारको गुफ़ा भित्र ,
आफैलाई कतै हराएछु
पागल भएर कराएछु ,
स्वार्थी संसारको गुफ़ा भित्र ,
आफैलाई कतै हराएछु
उदास लागेछ यो मनलाई ,
समाजको ढंगलाई हेरेर ,
मन भित्र फेरि हाँस उठेछ ,
इन्देणीको रंगलाई हेरेर
समाजको ढंगलाई हेरेर ,
मन भित्र फेरि हाँस उठेछ ,
इन्देणीको रंगलाई हेरेर
कुहिरो भित्र अल्मलिएको छ ,
कुनै गाँउ नै छैन ,
निशानी खोजी उभिइ बस्ने ,
कुनै ठाउँ नै छैन
कुनै गाँउ नै छैन ,
निशानी खोजी उभिइ बस्ने ,
कुनै ठाउँ नै छैन
आर्नोल्ड राई ,
सन्त मेरीज हिल ,
खर्साड्ग
सन्त मेरीज हिल ,
खर्साड्ग


Post a Comment