बासीभात खाएर भैंसी र बाख्रा चराउँथे : जीतू राई
भारतका लागि एसियाडमा पहिलो स्वर्ण जिताएपछि जीतू राई फेरि चर्चामा छन्। नेपालमा जन्मिएका जीतू ८ वर्ष अगाडि भारतीय सेनामा भर्ना भएका थिए।
जीतूले आफ्नो बाल्यकालबारे बीबीसी हिन्दीसँग कुरा गर्दै भनेका छन्-‘मलाई बाल्यकालमा पढ्न समय मिल्दैनथ्यो। म भागेर विहान ९ बजे स्कुल पुग्थेँ ।’ कसरी पढ्ने भन्ने थाहा नभएकाएले आफूले स्कुलमा गएर टाइम पास गर्ने गरेको उनले बताए।
उनले भनेका छन्-‘जब स्कुलबाट घर फर्किएर आउँथे, आमाले घरमा भएको बासीभात खा र भैंसी र बाख्रा चराउन जा भन्नुहुन्थ्यो ।’
आफ्नो सानामा नै इच्छा गोरखा रेजिमेन्ट भर्ना हुने भएको उनले बताए। बि्रटिस आर्मी जाने सोचेको तर, एक दिन पहिले नै भारतीय आर्मीमा भर्ना खुलेकाले प्रयास गरेको उनले बताएका छन् ।
एडियाडका स्वर्ण विजेता जितूले भनेका छन्-‘मैले कहिल्यै यो सफलताबारे सोचेको थिइँन। मेरो लागि त गोर्खा रेजिमेन्टमा भर्ना हुनु नै काफी थियो।’ उनले अब विश्वकप र ओलम्पिकमा वर्ण जित्ने इच्छा रहेका बताए।
एसियाडमा स्वर्ण जितेपछि उत्तर प्रदेशका मुख्यमन्त्रीले ५० लाख पुरस्कार घोषणा गरेकोमा खुसी व्यक्त गरे । अब अझ राम्रो प्रदर्शन गर्ने उनले बताए। ‘म लखनउमा ट्रेनिङ गरेर नै यहाँसम्म आएको हुँ’ उनले भनेका छन्-‘अब ओलम्पिकमा पदक जित्ने मेरो कर्तव्य हो।’
कुराकानीका क्रममा जितूले विवाहको बारेमा आफूले अहिलेसम्म नसोचेको बताए। पदक जितेपछि आफूमा कुनै परिर्वतन नभएको भन्दै उनले भनेका छन्-‘म जस्तो थिएँ, त्यस्तै छु ।’


Post a Comment