बेल्जियममा नेपाली कवि मोतीराम भट्टको सम्झना
बेल्जियम। बेल्जियममा नेपाली स्रष्टाहरुले नेपाली साहित्यका युवा कवि मोतीराम भट्टको नेपाली भाषा र साहित्यको उत्थानमा रहेको अतुलनीय योगदानको स्मरण गदै १४९ औ जन्म जयन्ती मनाएका छन्। आईतवार बेल्जियमको सेन्त्रुदेनमा सम्पन्न भएको कार्यक्रममा उनीहरुले आदिकवि भानुभक्त आचार्यले थालनी गरेको नेपाली भाषा साहित्यको उत्थानकार्यलाई सशक्त बनाउने अभियानमा रहेको उहाको अतुलनीय योगदानको चर्चा गरेका थिए। अन्तराष्ट्रिय नेपाली साहित्य समाज बेल्जियम र हिमालयन सोसाईटी सेन्त्रुदेंन बेल्जियमको संयुक्त सहकार्यमा सम्पन्न कार्यक्रममा उपस्थित प्रायजसो स्रष्टाहरुले युवा कवि कै साहित्यिक योगदान र जीवनी बिषयमा आफ्ना रचना सुनाउँदै कार्यक्रमलाईमोतिमय बनाएका थिए।
स्रष्टाहरुले कविता,मुक्तक र गजल सुनाएका थिए। कार्यक्रममा कवि बिमल गिरी, दीपेन्द्र केसी, राजकुमार पुडासैनी, दीपक ज्योति पौडेल, डिल्लीराम अम्माई, मोहन खत्री, माधव सापकोटा, सौरव करन्जित, कुम शाहीले आ-आफ्ना रचना सुनाएका थिए। यसै गरी कवि राजेन्द्र रसाईलीको कविता पूजा रसाईलीले वाचन गरेकी थिइन्। अनेसास बेल्जियमका अध्यक्ष दीपेन्द्र केसीको अध्यक्षता तथा दीपक ज्योति पौडेलद्वारा संचालन गरेको कार्यक्रममा कवि दीपेन्द्र केसीले कविको साहित्यिक योगदानको चर्चा गरेका थिए भने डिल्लीराम अम्माईले जीवनी प्रस्तुत गरेका थिए। यसै गरी एनआरएन बेल्जियमका महासचिब माधव सापकोटाले नेपाली भाषा साहित्यको प्रचारप्रसार तथा उत्थानमा अनेसाको महत्वपूर्ण भूमिकाको चर्चा गर्दै एनआरएन अनेसास संग सधै सगै रहने बताएका थिए।
कार्यक्रममा नेपाली र बेल्जियन कविहरुको संयुक्त सहकार्यमा प्रकाशित ‘फ्रित नेपाल’ कविता सग्रहको बारेमा पनि समिक्षा गरीएको थियो। अनेसास बेल्जियमले ‘फ्रित नेपाल’ प्रकाशनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका राजेन्द्र रसाईलीलाई धन्यवाद ज्ञापन गरेको थियो भने रसाईलीले फ्रित नेपाल बारेमा आफ्ना अनुभव सुनाएका थिए। हिमालयन सोसाइटीको ब्यबस्थापनमा विजयादशमीको शुभकामना सगै शुरु गरीएको कार्यक्रमको अन्तमा दशैको बेला खाईने नेपाली परम्परागत खाना वितरण गरीएको थियो। कार्यक्रममा उल्लेख्य मात्रामा सहभागिता रहेको थियो।


Post a Comment