हिमपातका कारण नेपालमा १२ पदयात्रीको निधन
काठमांडू। मुस्ताङ्गमा आएको भीषण हिमपातमा परेर ८ जना नेपाली सहित १२ पदयात्रीको ज्यान गएको अधिकारीहरुले बताएका छन्। मनाङ्गको प्रसिद्ध थोरोङ ला पास क्षेत्रमा पुगेर मुस्ताङको मुक्तिनाथ मन्दिरतर्फ झरिरहेका पदयात्रीहरु उक्त हिमपातमा परेका हुन्। उद्दारकार्यमा नेपाली सेनालाई खटाइएको छ र अझै केही पर्यटकहरु हराईरहेको हुनसक्ने ठानिएको छ। हिमपात भएको क्षेत्रलाई स्थानीय रुपमा डम्प क्याप भन्ने गरिएको र पदयात्रीहरुले उक्त स्थलमा आराम गर्ने गरेको बताइन्छ।
उद्दार
उक्त क्षेत्र प्रख्यात अन्नपूर्ण पदयात्रा मार्गमा पर्छ र पछिल्ला दिनमा दैनिक झन्डै दुई सय जनाले सो क्षेत्रमा पदयात्रा गर्ने गरेको जनाइएको छ। मुस्ताङ्गका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीका अनुसार उद्दारकार्य जारी रहदा १२ जनाको शव फेला परेको बताए। उनले भने, “केही समय अघि १२ जनाको शव निकालिएको छ, जसमा ८ जना नेपाली र ४ जना विदेशी छन्, मृत्यु हुनेको संख्या १२ पुगेको छ।" ज्यान गुमाउने विदेशीमा दुई जना पोलीस, र दुई जना इजरेली नागरिक छन्। नेपाली सेनाले घटनास्थलमा राजधानीबाट दुई वटा हेलिकप्टर परिचालन गरिएको र १८ जनालाई उद्दार गरिएको जनाएको छ।

उनीहरुलाई सकेसम्म आजै राजधानी काठमाडौं ल्याउने तयारी भइरहेको जनाइएको छ। अधिकारीहरुले भारतमा आएको हुदहुद समुन्द्री आँधीका कारण अप्रत्यासित रुपमा नेपालका उच्च पहाडी क्षेत्रमा वर्षा र हिमपात भएको जनाएका छन्। अर्को छुट्टै घटनामा छिमेकी मनाङ्ग जिल्लाको फो गाउँ नजिकै चारजना क्यानाडेली तथा एक जना भारतीय पदयात्री हिमपातमा परी वेपत्ता भएको मनाङ्गका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले बताएका छन्। खराब मौसमका कारण उनीहरुको उद्दार कार्य शुरु हुन नसकेको लामिछानेले बताए।

Post a Comment