खेलकुद संस्थानका मेलाटाराम एथलेटिक मिट सम्पन्न
कालेबुङ: जीटीएको खेलकुद संस्थान कालेबुङको आयोजनामा स्थानीय मेलाटाराम एथलेटिक मिट सम्पन्न सम्पन्न भयो। महकुमा स्तरबाट जिल्ला अनि राज्य स्तरीय हुँदै राष्ट्रिय स्तरसम्म खेलाडीहरूलाई मञ्च प्रदान गर्न अहिले विविध खेलहरू आयोजना भइरहेको छ। जस अन्तर्गत आज सम्पन्न खेलकुद समारोहमा छेलो, लङ् जम्प, हाई जम्प, दौड लगायतका विविध प्रतियोगिता सम्पन्न भएको थियो। महकुमा स्तरबाट छनौट हुने प्रतियोगिहरूले जीटीए स्तरीय खेलमा अंशग्रहण गर्ने अवसर पाउने संस्थानका संयोजक प्रणय शिलालले जानकारी गराएका छ्न्।


Post a Comment