आधा छ जुन पुरा छ रात : नेपाली कविताहरु
आधा छ जुन पुरा छ रात,
मान्छे को हामी जात,
सुख को साथी दुख को बात,
कसले पो दिन्छ साथ् |
मान्छे को हामी जात,
सुख को साथी दुख को बात,
कसले पो दिन्छ साथ् |
एक लासे मन् गाडेको धन,
सबैको कालो मन्,
मुटु को रंग रगत को संग,
दुई रंग नै एकै छन् |
सबैको कालो मन्,
मुटु को रंग रगत को संग,
दुई रंग नै एकै छन् |
मैले के देखे, के यस्तो लेखे,
आफैंलाई बिर्सेछु,
बाटोलाई छेक्दा मृत्युलाई देख्दा,
आफैं नै तर्सेछु |
आफैंलाई बिर्सेछु,
बाटोलाई छेक्दा मृत्युलाई देख्दा,
आफैं नै तर्सेछु |
के यस्तो गरेछु ऐना पो हेरेछु,
आँफुलाई नदेख्दा अन्योल मा परेछु,
छायाँलाई छुँदा मायालु रुँदा,
म आज मरेछु |
आँफुलाई नदेख्दा अन्योल मा परेछु,
छायाँलाई छुँदा मायालु रुँदा,
म आज मरेछु |
बसेको माया मुटुमा हेर,
माया त छंदैछ,
टन्टलापुर घाममा पनि,
पानी पो पर्दैछ |
माया त छंदैछ,
टन्टलापुर घाममा पनि,
पानी पो पर्दैछ |
संसारै भरी खोजेर हेर,
पाउनु नै पाउँदैन,
ओरालो तिर बगेको खोला,
फर्केरा आउँदैन |
पाउनु नै पाउँदैन,
ओरालो तिर बगेको खोला,
फर्केरा आउँदैन |
आर्नोल्ड राई,
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |


Post a Comment