फाटेको बाटो चाहिएको माटो : नेपाली कविताहरु
फाटेको बाटो चाहिएको माटो,
दुई पट्टी जल्छ आगो,
टालेर हुँदैन सिलाउने चाहियो,
गोर्खा भुमी को धागो |
दुई पट्टी जल्छ आगो,
टालेर हुँदैन सिलाउने चाहियो,
गोर्खा भुमी को धागो |
जानु जानु माथी नै जानु,
लाउँनु गुनिऊ र चोली,
चेली र माइती मिलेर भोली,
चलाउनु सब्द को गोली |
लाउँनु गुनिऊ र चोली,
चेली र माइती मिलेर भोली,
चलाउनु सब्द को गोली |
सय वटा तीर को एउटै थियो चोट,
पुर्खा को फाटेको कोट,
करोडौ छ हाँगा, लै बारी को भाका,
एउटै हो गोर्खा को बोट |
पुर्खा को फाटेको कोट,
करोडौ छ हाँगा, लै बारी को भाका,
एउटै हो गोर्खा को बोट |
तितो होइन अमिलो होइन,
गुलियो चटाउनु खीर,
नचाएर होइन बचाएर फ्याँक्नु,
नदेख्ने एउटा तीर |
गुलियो चटाउनु खीर,
नचाएर होइन बचाएर फ्याँक्नु,
नदेख्ने एउटा तीर |
सेतो पन्ना मा कालो ले छोपेको,
हेर्नु रम्ररी खोर्सेर,
समय पो पारा घुम्दै छ टाड़ा,
नहेर्नु कसैलाई तर्सेर |
हेर्नु रम्ररी खोर्सेर,
समय पो पारा घुम्दै छ टाड़ा,
नहेर्नु कसैलाई तर्सेर |
आर्नोल्ड राई,
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |
संत मेरीज हिल,
खर्सांग,
दार्जीलिंग |


Post a Comment