Header Ads

गधालाई सम्मान, दोसल्ला र पदक सहित अभिनन्दन

कडा परिश्रम गरेको र इमान्दार बनेको भन्दै एक नेताले दुइवटा गधालाई सम्मान गरेका छन् । ती नेताले विशेष कार्यक्रम नै गरेर ती गधालाई पदक समेत प्रदान गरि सम्मान गरेका हुन्। घटना भारतको हो। भारतको बैंगलोरस्थित कन्नादा चालुभाली भाटल पक्ष नामक क्षेत्रिय दलका अध्यक्ष भाटल नागराजले गएको मंगलबार गधालाई सम्मान गरेका जनाएका छन् । आफुले गधा, कुकुर, भैँसी, गाइ तथा गोरु लगायतलाई सम्मान गर्ने निर्णय गरेको भन्दै उनले यी जन्तुहरु मानिसभन्दा बढि परिश्रमी, अनुशासित र आज्ञाकारी भएको दाबी गरे। सिटी सेन्टरस्थित बस टर्मिनलमा एक कार्यक्रम गरि उनले दुइ गधालाई राज्योत्सव नामक पदक प्रदान गरे। 

भुतपूर्व सांसद समेत रहेका ६५ वर्षीय नागराजले कर्नाटक सरकारले गन्यमान्य मानिसहरुलाई दिने वाषिर्क मानपदवीकै नाउँ राखेर गधालाई पदक प्रदान गरेका हुन्। गधा सम्मान कार्यक्रममा दुइवटा गधालाई नुहाइ धुवाई सफा गरेर ल्याइएको थियो। त्यसपछि ती नेताले गधालाई रातो रंग तथा माला लगाइदिए, दोसल्ला ओढाइदिए, गुलाबको फुल चढाए। उनका समर्थकहरुले जोडदार ताली पिटे। उक्त कार्यक्रम हेर्न ठूलो संख्यामा मानिस जम्मा भएका थिए। आफुले हरेक महिना जनावर सम्मान गर्ने बताउँदै उनले अर्को महिना अर्को जनावरलाई सम्मान गर्ने घोषणा समेत गरे । घरपालुवा जनावरलाई सम्मान गर्नु आफुहरुको सम्वृद्धि परम्परा तथा संस्कार रहेको पनि उनले बताए।

Powered by Blogger.