Header Ads

प्रसिद्ध नेपाली फिल्म संगीतकार रणजीत गजमेर

संगीतकार रणजीत गजमेरको जन्म सम्बत १९९९ साल अशोज १७ गते दार्जिलिङमा भएको हो । बाबु लश्मणसिंह गजमेर र आमा लश्मी गजमेरका पाच छोरा र तीन छोरीमध्ये रनजित कान्छा छोरा थिए । आफ्ना बाबु को निधन पछि उनको जिबनमा पढाईलेखाइ गरेर बाँच्न पनि एउटा कठोर सङ्घर्स थियो । त्यसैले बाबुको निधनपछि उनी आफ्नो साङितिक सन्सारमा निस्के र आफ्नो मन बुझाउन थाले । रणजीत गजमेर कखरा पढ्दादेखिनै साङितिक बाजागाजा मा सिपालु थिए । कतिसम्म भने सानामा मादल बजाउन पाएपछि भोक तिर्खा पनि भुल्दथे । त्यसै क्रममा उनले तबला बजाउन थाले, हार्मोनियम बजाउन पनि थाले । साङितिक यी बाजागाजा सँगै दार्जलिङ्बाट स्नातक पनि समुतिर्ण गरे । रनजित गजमेर दार्जलिङ को टर्नबुल हाइस्कुल मा पर्दथे। र स्कुल पढ्दापढ्दै उनी आँफै गीत रचेर ,आफै संगीत भरेर र आफ्नै स्वरमा गीत पनि गाउथे । वास्तबमा गजमेर त्यस बेला देखि नै त्याग, तपस्या र लगनको त्रिमुर्तीले किशोराबस्थामै दार्जिलिङ मा एउटा उत्कृष्ट सङितकार को रुपमा नाम कमाएका थिए । 

रणजीत गजमेरले अनौपचारिक संगीत आफ्नै इच्छाले ग्रहण गरे । भने संगीत को औपचारिक शिक्षा अंबर गुरुङबाट प्राप्त गरे। अंबर गुरुङको संगीतकक्षामा पुग्नुअघिदेखी नै यिनका मिल्ने साथी शरण प्रधान थिए । त्यति बेला शरनरञ्‍जित भनेपछि संगितको एउटा हल मानिन्थ्यो । त्यतिखेर यो जोडीको सङ्गीत ले दार्जिलिङको आकाशनै ढाकेको थियो । यी जोर संगीतकारबाट थुप्रै स्वर र शब्दहरुले देशबिदेशको परिक्रमा गरेका थिए । तर शरण प्रधानको २०३१ सालमा असामयिक निधन भएपछि रनजित आफुलाई एक्लै महसुस गरे । पछि फेरि पुन: साङितिक क्षेत्रमा लागे । २०२१ सालमा कुशुम दर्नाल सँग लगनगाठो बाधिए पछि रनजित गजमेर आफ्नो पुर्खाको थलो नेपाल पसे । काठमान्डौ आएर उनले तीन बर्षजति रेडियो नेपाल मा काम गरे । रेडियो नेपलमा न उनले सोचेको सहयोग थियो, न सदभाबना थियो । नत उचित पारिश्रमिक नै थियो । त्यसैले उनको सपना बिपना बन्न सकेको थिएन- रेडियोनेपाल ले गर्दा । 

त्यहि बेला चलचित्र निर्देशक प्रकाश थापाले 'मेरो देश ' नामक चलचित्र बनाउने कुरा एकाएक गजमेर समक्ष राखेका थिए । साथै त्यस चलचित्रको सहायक संगीत निर्देशकका रुपमा थापाले रणजीतलाई रोजेका थिए । त्यसै सिलसिलामा उनि बम्बइ लागे । 'मेरो देश'चलचित्र त बन्न सकेन ,तर गजमेर को भाग्यरेखामा भने रुपान्तर नै भयो। मनोहरि सिंह को सहयोगबाट बलिउडमा स्थापित भएका गजमेरले भारतिय संगीतकार आरडी बर्मनसँग लामो सहकार्य गरे, र बलिवड मा पहिलो पटक मादल पनि प्रवेश गराए । रणजीत गजमेरले जति नेपाली गितमा संगीत दिए,सबै अजम्बरी भएर रहेका छन्। उहाकी जेठी छोरी भारती गजमेर नेपाली चलचित्रका ख्यातीप्राप्त निर्देशक तुलसी घिमिरेसँग को बैबाहिक जिबनमा बाधिन र भारती घिमिरे को रुपमा नेपाली साङितिक आकाश मा झुल्किन । साथै अझै सम्म पनि रणजीत गजमेरले दिएको संगीतलाई नेपाली कुनै संगीतकारले उक्षिन्न नसकेको सबैलाई सर्बबिदीतै नै छ। 

 - artistnepal


Powered by Blogger.