Header Ads

एकै बर्ष चार फिल्म, २०१५ मा बलिउडमा सबलाई पछार्दैछिन प्रियंकाले

मुम्बई । गएको वर्ष प्रियंका चोपडा अभिनित दुई फिल्म प्रदर्शन भए- ‘गुण्डे’ र ‘मेरी कोम’ । ती दुबै फिल्मले प्रियंकालाई अलग परिचय दियो । मेरी कोमले बक्स अफिसमा राम्रो ब्यापार मात्रै गरेन अवार्डको हकदार समेत बनाईदियो पि्रयंकालाई । प्रियंका सन् २०१५ मा बलिउडमा धमाका मच्चाउने धुनमा छिन् । यो वर्ष उनले अभिनय गरेको चार फिल्म प्रदर्शन हुनेछन । यो बर्ष पि्रयंका अभिनित दिल धड्कने दो, बाजीराब मस्तानी, गंगाजल-२, र म्याडमजी प्रदर्शन हुने छन । संयोग कस्तो छ भने, यी चारै फिल्म बलिउडमा बहुप्रतिक्षित फिल्म हुन् । चारवटै फिल्ममा फरक-फरक चरित्रमा प्रस्तुत भएकी पि्रयंका निकै उत्साहित छिन् । मुम्बईमा आयोजित फिल्मफेयर रेड कार्पेट इभेन्टमा प्रियंकाले निर्धक्कसाग भनिन् ‘यो वर्ष केही राम्रा फिल्ममा काम गरेकाले निकै उत्साहित छु ।’ गंगाजल-२ मा एक प्रहरी अधिकृतको भुमिका निर्वाह गरेकी पि्रयंकाले म्याडमजीमा नृत्यङ्गनाको रुपमा देखिएकी छिन् । अर्को फिल्म बाजीराव मस्तानीमा बाजीराव की पत्नी काशीबाई को भुमिका निर्वाह गरेकी छिन् । यी चारै फिल्मका निर्देशक निर्देशकीय क्षमतामा प्रसिद्धि कमाएका ब्यक्तिका रुपमा चिनिन्छन् ।


Powered by Blogger.