Header Ads

दुनियाको सबैभन्दा ठूलो गोलभेँडा, तौल डेढ किलो

एउटा गोलभेँडाको गेडाको तौल कति होला ? कल्पना गर्न सक्नुहुन्छ, डेढ किलो तौल भएको गोलभेँडा ? बजारमा डेढ किलो गोलभेँडा किन्न एउटा प्लास्टिक भरि दर्जनौँ गोलभेँडाका गेडा बोकेर आउने हाम्रो लागि डेढ किलो तौल भएको एउटा गोलभेँडाकेा गेडाको विषय साँच्चीकै नौलो हो । यो हाम्रोलागि मात्र होइन विश्वभरकै लागि नौलो कुरा हो । बेलायतमा विश्वकै अहिलेसम्मकै ठूलो गोलभेँडा फलेको छ । सामान्य गोलभेँडाको गेडाभन्दा १२ गुणा ठूलो यो गोलभेँडाको तौल तिन पाउण्ड अर्थात् १ किलो ३ सय ६० ग्राम छ । १० इन्च चौडा रहेको यो एउटै गोलभेँडाको सलाद वा अचारले पूरै ४ परिवारलाई पुग्छ । अर्थात् यसको एउटा टुक्राले पूरै एउटा बर्गरलाई भर्दछ । 

यो भिमकाय गोलभेँडा फलाउने रुख सामान्य गोलभेँडाको रुख होइन । यो विशेष आनुवंशिक पद्धतिबाट विकाश गरिएको गिग्यान्टोमो नामक गोलभेँडाको रुख हो । यो रुख ६ फिट सम्म अग्लो हुने र एउटा रुखमा ११ वटासम्म गोलभेँडा फल्ने मिरर अनलाइनले जनाएको छ । सबै गोलभेँडाको तौल रुखले धान्न नसक्ने भएकाले रुखलाई भाँचिनबाट रोक्न थाक्रो हाल्नु आवश्यक हुन्छ । अमेरिकी तथा बेलायती वैज्ञानिकहरुले एक दशकसम्मको अनुसन्धानपछि यो गोलभेँडा फलाउन सफल भएका हुन् । यो किर्तिमानी गोलभेँडा विकाश गर्ने बेलायती वैज्ञानिक सिमोन क्राफोर्ड र अमेरिकी वैज्ञानिक पाउल थोमस हुन् । थोमसको यसअघि नै निधन भैसकेकाले आफुले उत्पादन गरेको किर्तिमानी गोलभेँडा भने देख्न पाएनन् । तत्कालका लागि यो जातको गोलभेँडा र बिउ बेलायतको लिंकनसायरको एउटा बिक्रेताकहाँ मात्र किन्न पाइन्छ । 

Powered by Blogger.