युक्रेनी सेनालाई आत्मसमर्पण गर्न रुसको आग्रह
युद्धविराम सम्झौताका बावजुद युक्रेनको रणनीतिक शहर डेवाल्टसेभमा लडाइ जारी रहेका बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई आत्मसमर्पणका लागि अनुमति दिन युक्रेनी सरकारलाई आग्रह गरेका छन्। विद्रोहीहरुले नियन्त्रणमा लिएका युक्रेनी सेनालाई घर फिर्ता पठाईदिने उनले विश्वास व्यक्त गरे। हंगेरी भ्रमणका क्रममा पुटिनले दुवै पक्षले युद्धविराम सम्झौता पालना गर्ने विश्वास समेत व्यक्त गरे। युद्धविराम सम्झौता लागु भएपछि उनकै शब्दमा लडाइमा व्यापक कमी आएको छ।
भीषण
गत साता भएको युद्धविराम सम्झौता विपरीत मंगलबार डेवाल्टसेभमा भीषण लडाइ जारी रह्यो। विद्रोहीहरुले उक्त शहरको अधिकांश क्षेत्रमा कब्जा जमाएको बताएका छन्। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले जारी संघर्ष तत्काल रोक्न आग्रह गरेको छ। युद्धविराम सम्झौतापछि लडाइमा कमी आएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको भनाई छ। बेलारुसको राजधानी मिन्स्कमा भएको युद्धविराम सम्झौता सबै पक्षले पालना गर्नुपर्ने आग्रहसहित रुसले तयार पारेको संकल्प प्रस्ताव मंगलबार साँझ सुरक्षा परिषद्ले सर्वसम्मतिले पारित गरेको थियो।
अनुगमन
युद्धविराम सम्झौता कार्यान्वयनको अनुगमन गरिरहेका अन्तर्राष्ट्रिय अनुगमनकर्ताहरु डेवाल्टसेभ प्रवेश गर्न नपाएको बताइएको छ। विद्रोही नियन्त्रित लुहान्स्क र डोनेत्स्कलाई जोड्ने रेल्वे लाइन डेवाल्टसेभमा रहेकोले युक्रेनी सेना र विद्रोही दुवै पक्षका लागि उक्त शहर महत्वपूर्ण मानिएको छ। युक्रेनी राष्ट्रपति पेत्रो पोरोशेन्कोले उक्त शहरमाथि कब्जा जमाउने प्रयास गरेर विद्रोहीहरुले उनकै शब्दमा युद्धविराम सम्झौतामाथि आक्रमण गरेका छन्। जर्मन चान्सलर एंगेला मर्केलसँग टेलिफोन वार्तापछि आफ्नो वेभसाइटमा पोस्ट गरेको वक्तव्यमा पोरोशेन्कोले भनेका छन्, “आज विश्वले अतिक्रमणकारीहरुलाई रोक्नैपर्छ, संयुक्त राष्ट्रसंघका आधारभूत सिद्धान्त तथा नीतिहरुको थप उल्लंघन र युरोपकै केन्द्रमा पूर्णरुपमा युद्ध हुनबाट रोक्न म सुरक्षा परिषद्का सबै स्थायी सदस्य राष्ट्रहरुलाई आग्रह गर्दछु।”
- बीबीसी

Post a Comment