भत्केर टुक्रा टुक्रा भए पनि : नेपाली कविताहरु
भत्केर टुक्रा टुक्रा भए पनि,
कसैले यसलाई छुँदैन,
गोर्खाको खुन बगेर सकियोस,
वीरको आँशु चुँहुदैन |
कसैले यसलाई छुँदैन,
गोर्खाको खुन बगेर सकियोस,
वीरको आँशु चुँहुदैन |
हजार गोलीको भोली होस्,
गोर्खाको छाती छंदैछ,
देसको निम्ती लड्नु परे,
बिर गोर्खाको जाती छ |
गोर्खाको छाती छंदैछ,
देसको निम्ती लड्नु परे,
बिर गोर्खाको जाती छ |
आयो गोर्खाको झंडी उचाली,
उखेली फ्याँक्ने गोलीको छिनो,
खुनको होली आज या भोली,
शिरमा टलकेको खुकुरी चिनो |
उखेली फ्याँक्ने गोलीको छिनो,
खुनको होली आज या भोली,
शिरमा टलकेको खुकुरी चिनो |
सहारै नै सोझा रीसको घोंचा,
दुशमन हो गोर्खाको फाटेको मोजा,
त्यहाँ पनि थिएन, यहाँ पनि छैन,
कर्दा झिक्दा कोही पनि छैन |
दुशमन हो गोर्खाको फाटेको मोजा,
त्यहाँ पनि थिएन, यहाँ पनि छैन,
कर्दा झिक्दा कोही पनि छैन |
त्यो पनि छुरा, यो पनि छुरा,
खुकुरी साथीको, के गर्नु कुरा,
छपनीले छान्छु, हातैले खान्छु,
युद्धको मैदानमा संधै म जान्छु |
खुकुरी साथीको, के गर्नु कुरा,
छपनीले छान्छु, हातैले खान्छु,
युद्धको मैदानमा संधै म जान्छु |
दुख्ने र लुक्ने छाती नै हुँदैन,
उज्यालो आँखामा राती नै हुँदैन,
सिमाना पारी घोर्ले छ स्याल,
निहु थापीस भने आयो तेरो काल |
उज्यालो आँखामा राती नै हुँदैन,
सिमाना पारी घोर्ले छ स्याल,
निहु थापीस भने आयो तेरो काल |
सांगलोले बाँध या नाँगलोमा साँध,
हात भने जोड्दिन,
फर्केर हेरीस भने,
दुमो पनि छोड्दिन |
हात भने जोड्दिन,
फर्केर हेरीस भने,
दुमो पनि छोड्दिन |
सिमाना पारी छ, दुशमनको बारी छ,
कार्लांग कुर्लुंग दुशमनको घारी छ,
पूंग न पुच्छरको, के सारो लठारो,
खालास नी फेरी खुकुरीको झटारो |
कार्लांग कुर्लुंग दुशमनको घारी छ,
पूंग न पुच्छरको, के सारो लठारो,
खालास नी फेरी खुकुरीको झटारो |
हिन्दुस्तानी हामी के सारो दामी,
सकिदिन्छु तँलाई हातैले छामी,
सम्झाना सुनाई दिनु गोर्खा जातीलाई,
‘जय जय’ कार छ है...........
सकिदिन्छु तँलाई हातैले छामी,
सम्झाना सुनाई दिनु गोर्खा जातीलाई,
‘जय जय’ कार छ है...........
खुकुरी साथीलाई |
आर्नोल्ड राई,
संत मेरीज हिल,
खर्सांग,
संत मेरीज हिल,
खर्सांग,


Post a Comment