जसले संसार बनायो : नेपाली कविताहरु
जसले संसार बनायो,
उसैले धर्ती चर्कायो,
चिच्याई चिच्याई सक्दिन भनी,
भूकम्प ध्वनी ले संसार थर्कायो |
उसैले धर्ती चर्कायो,
चिच्याई चिच्याई सक्दिन भनी,
भूकम्प ध्वनी ले संसार थर्कायो |
माया न मोह चिन्दीन को हो ?,
यो काँध को भार अती नै भयो,
प्राणी को खानी धर्ती ले तानी,
एक चम्ची पानी जती नै भयो |
यो काँध को भार अती नै भयो,
प्राणी को खानी धर्ती ले तानी,
एक चम्ची पानी जती नै भयो |
कसको सास कसको बास,
मेरै भर मा मलाई नै थिचेको,
सक्दीन भयो भार हरु थाम्नु,
सक्दीन म संधै नै काम्नु |
मेरै भर मा मलाई नै थिचेको,
सक्दीन भयो भार हरु थाम्नु,
सक्दीन म संधै नै काम्नु |
ढाड़ भरी राख म सही दिन्छु,
तिर्खा को पानी म भरी दिन्छु,
अन्न को बाली म चाखी दिन्छु,
धेर भयो भने म फ्याँकी दिन्छु |
तिर्खा को पानी म भरी दिन्छु,
अन्न को बाली म चाखी दिन्छु,
धेर भयो भने म फ्याँकी दिन्छु |
बुझाउँदा पनि नबुझ्ने जमाना कस्तो,
यो त सानो नमुना जस्तो,
जे जे हुनु भै सकेछ,
चेतावनी दिएर गई सकेछ |
यो त सानो नमुना जस्तो,
जे जे हुनु भै सकेछ,
चेतावनी दिएर गई सकेछ |
नसताउ बेसी आगो ले झोसी,
कती पो सहनु सबैलाई कोसी,
बाटो लाई बद्लाई म आउँछु फेरी,
मलाई पनि दुख्छ यो घाँटी सुक्छ|
कती पो सहनु सबैलाई कोसी,
बाटो लाई बद्लाई म आउँछु फेरी,
मलाई पनि दुख्छ यो घाँटी सुक्छ|
बोक्नु सके यति भए पुग्छ ,
माँसिदै गएको रुख पात देख्दा,
तृष्णा ले यो मन् चिन्तित् छ,
मान्छे को मृत्यु निश्चित छ |
तृष्णा ले यो मन् चिन्तित् छ,
मान्छे को मृत्यु निश्चित छ |
काटी छाँटी बोट बिरुवा,
कर लागेको मान्छे हरु,
सुक्खा खोला को बालुवा भन्दा बेसी,
तर लागेको मान्छे हरु |
कर लागेको मान्छे हरु,
सुक्खा खोला को बालुवा भन्दा बेसी,
तर लागेको मान्छे हरु |
पानी नपाएर बिरक्त छु,
मान्छे लाई छोपी हावा लाई हेरी,
प्रकृती को हेराई मा आँखा छोपी,
म आउँछु हेर काँचुली फेरी |
मान्छे लाई छोपी हावा लाई हेरी,
प्रकृती को हेराई मा आँखा छोपी,
म आउँछु हेर काँचुली फेरी |
आर्नोल्ड राई,
संत मे रीज हिल,
खर्सांग,
संत मे रीज हिल,
खर्सांग,


Post a Comment