छायाँ हो न माया हो : नेपाली कविताहरु
छायाँ हो न माया हो ,
दीप भएर जलिन्छ ,
जहाँ साँचो खाँचो भएर छरिन्छ ,
त्यहाँ कविता कलंक जस्तो ठहरिन्छ
तालाब र पोखरीको झुण्डहरुमा ,
अभिषाप भएर झुण्डिन्दैन ,
सुन र चाँदीको पर्खालमा ,
श्राप भएर लुटीन्दैन
तिम्रो हुन्छ न उसको हुन्छ ,
सबैलाई आफ्नो धून छ ,
कविता सुन्यतामा अल्झिएर ,
भावनाको आफ्नै गुण छ
न अपमानितको डर छ ,
न सम्मानितको रहर छ ,
दीप भएर जलिन्छ ,
जहाँ साँचो खाँचो भएर छरिन्छ ,
त्यहाँ कविता कलंक जस्तो ठहरिन्छ
तालाब र पोखरीको झुण्डहरुमा ,
अभिषाप भएर झुण्डिन्दैन ,
सुन र चाँदीको पर्खालमा ,
श्राप भएर लुटीन्दैन
तिम्रो हुन्छ न उसको हुन्छ ,
सबैलाई आफ्नो धून छ ,
कविता सुन्यतामा अल्झिएर ,
भावनाको आफ्नै गुण छ
न अपमानितको डर छ ,
न सम्मानितको रहर छ ,
आर्नोल्ड राई ,
सन्त मेरिज हिल ,
खर्सांग ,
दार्जीलिंग ,
सन्त मेरिज हिल ,
खर्सांग ,
दार्जीलिंग ,
Post a Comment