नहेर्नु बाटो ए आमा मेरो एसपाली दँशैमा : नेपाली कविताहरु
नहेर्नु बाटो ए आमा मेरो एसपाली दँशैमा,
मिलेन छुट्टी घरआउन आमा एसपाली दशैमा।
मिलेन छुट्टी घरआउन आमा एसपाली दशैमा।
रङ्गी र चङ्गी जमरा अनि निदारमा
अक्षता,
लीङ्गेपीं झुलनु मेलामा धुमनु गाँउघरको ब्यास्तता।
लीङ्गेपीं झुलनु मेलामा धुमनु गाँउघरको ब्यास्तता।
रहर ता थियो मनमा धेरै फर्कन गाउमा,
नहेर्नु बाटो ए आमा मेरो एसपाली दशैमा।
नहेर्नु बाटो ए आमा मेरो एसपाली दशैमा।
आमाको हातको अक्षता अनि बाबा को आशीष,
दाजु दीदी र फूपु काकाको मायाछ विशेष।
दाजु दीदी र फूपु काकाको मायाछ विशेष।
सम्झिन्दा छुट्छ आशुको धारा मनहुन्न बसमा,
नहेर्नु बाटो ए आमा मेरो एसपाली दँशैमा।
नहेर्नु बाटो ए आमा मेरो एसपाली दँशैमा।
ब्यस्तछन होला साथीभाई हरु जुवा र तशमा,
पीउदै आँशु घुटघुटी आफु बस्नुछ प्रवासमा।
पीउदै आँशु घुटघुटी आफु बस्नुछ प्रवासमा।
रैनछ भाग्य साथीभाई संग मालसीरा गाउन,
नहेर्नु बाटो ए आमा मेरो एसपाली दँशैमा।
नहेर्नु बाटो ए आमा मेरो एसपाली दँशैमा।
अन्धबिश्वासलाइ मान्दै ठूल्दाई दिँदाहुन बलि बोका,
भाउजुको योसाल माईत जाने पुग्दोहो बल्ल धोका।
भाउजुको योसाल माईत जाने पुग्दोहो बल्ल धोका।
पोहोरत गाथेँ माओल म नि चड़ेर बसैमा,
नहेर्नु बाटो ए आमा मेरो एसपाली दँशैमा।
नहेर्नु बाटो ए आमा मेरो एसपाली दँशैमा।
खुसिको पर्व सवैले मिली मनाँउनु फुलपाती
बलिले हैनखुशहुन्छिन देवी जलाउदा धूपवाती।
बलिले हैनखुशहुन्छिन देवी जलाउदा धूपवाती।
अन्धबिश्वासलाइ त्यागेर बड़ौं शान्तीको दिशामा ,
नहेर्नु बाटो ए आमा मेरो एसपाली दँशैमा।
नहेर्नु बाटो ए आमा मेरो एसपाली दँशैमा।
- अशोक_पोख्रेल ''कमल''
बडादशै को शुभकामना


Post a Comment