दिन र हिन् को गोरेटो भित्र : नेपाली कविताहरु
दिन र हिन् को गोरेटो भित्र, पाईलाहरु मेटिएन,
बग्दै गयो बग्दै गयो,
पछी पछी सुक्दै गयो ।
घुम्ति गोलाई सानो छरितो, संघुरिएको बाटोहरु,
बस्दै उठ्दै जिन्दगीको, पछ्याई रहेको माटोहरु ।
पोते माला शिरबन्दी,
पगलिदै गरेको चौबन्दी, निसासीएर रोयो लाऊँदै लाएन,
पर्खेर बसे आऊँदै आएन ।
उधां नगों भएको लाजहरु, माथी माथी उड़ने बाज़हरु,
लथालिंग भएको दिनहरुमा, त्यही सपनाको साँझ हरु ।
लतिका लहरा झैँ बटारिएको, धोकामा परी झटारिएको,
लुकाई राखेको पोकामा आफ्नै, घर को ढोका मा, चिसो
हावा को झोंका मा ।
कहीं कहीं खुसी लुकेको छ, तरै पनि मंन दुखेकै छ,
याद निरौता माँ अल्झिएको, दखाई लुकाई बलझिएको ।
कता सुख्छ कता दुख्छ,
चोटै चोट छ दार्जीलिंग मा बोट छ, औसधि भने भेटीएन,
दखाई कहिले मेटिएन ।।
अर्नाल्ड राई,
सेन्ट मेरीज हिल,
खरसांग ।
Post a Comment