मैले आकाशमा तारा गने : नेपाली कविताहरु
मैले आकाशमा तारा गने,
एउटा तारालाई यसो भने,
कसरी आकाशमा सजेको,
कसरी हावामा अल्झेको ।
एउटा तारालाई यसो भने,
कसरी आकाशमा सजेको,
कसरी हावामा अल्झेको ।
टलक् टलकी ताराले भन्यो, नसोध मलाई मेरो कथा,
लुकेको छ धेरै ब्यथा ।।
सूर्यको किरणले कोरी लान्छ, यतै तान्छ उतै तान्छ,
लुछी लुछी मलाईनै खान्छ ।।
लाखौं पल्ट मरी दिन्छु, लाखौं पल्ट बाँची
दिन्छु, धेरै बिकल्प गाँठो पारेर, पवन को डोरी मा साँची दिन्छु ।
झुंडीएको हामी आकशमा, एउटा निलो बाकसमा,
हेर्दै जूनलाई गीत भन्छ, हाम्रो आँशुलाई शीत भन्छ।
हेर्दै जूनलाई गीत भन्छ, हाम्रो आँशुलाई शीत भन्छ।
किल्ची मिल्ची युग युग सम्मलाई, केही छैन
अब भन्नलाई,
मुटु चिरेर बिचैमा काट्यो, एउटा भोटो
मुटु चिरेर बिचैमा काट्यो, एउटा भोटो
फेरी फाट्यो ।।
चित्तहरु सबै दुख्यो, गएर आकाशमा लुक्यो,
कसैको छैन सहारा, हावामा झुंडीएको तारा ।
यसो भनेर आँखा चिम्म गर्यो आँशुको धारा
डुबोमा झर्यो तप्प ......।।.
कसैको छैन सहारा, हावामा झुंडीएको तारा ।
यसो भनेर आँखा चिम्म गर्यो आँशुको धारा
डुबोमा झर्यो तप्प ......।।.
- अर्नाल्ड राई
Post a Comment