१ लाख १७ हजार डलर अर्थात् झण्डै एउटा माछाको मूल्य ७८ लाख !
एउटा नाथे माछाको भाउ कति पो पर्ला र। कसैले महंगो बिएमडब्लु लग्जरी कारभन्दा पनि माछा महंगो हुन्छ भन्यो भने त्यसलाई धेरैले पागल भन्लान्। तर आखिर भएको छ यस्तै। एउटा माछा मूल्यवान कार बिएमडब्लु को प्रिमियम लग्जरी एसयुबी कार एक्स फाइभ भन्दा पनि महंगोमा बिक्रि भएको छ। जापानमा २ सय किलो तौलको एउटा माछा १ लाख १७ हजार डलर अर्थात् झण्डै ७८ लाख रुपैयाँमा बेचिएको छ। जबकी उल्लेखित जर्मन कारको अन्तराष्ट्रिय बजारमा आधारभुत मूल्य झण्डै ५४ हजार डलर छ मात्र छ। यस अनुसार छ यो माछा किन्न पुग्ने पैसाले दुइवटा यस्ता कार सजिलै आउने भए।
ब्लुफिन टुना जातको उक्त माछा हालै जापानको सुकिजी माछा बजारमा बिक्रि भएकेा हो। नयाँ वर्षको पहिलो लिलामीका क्रममा सुशी जेनामाइ रेस्टुरेन्टका अध्यक्ष कियोशी किमुराले यो माछा किनेका हुन्। अघिल्लो वर्ष पनि यी होटेल साहुले ३७ लाख रुपैयाँ मूल्यको एउटा माछा किनेका थिए । पछिल्लो लिलामी सुकिजी माछा बजारको अन्तिम लिलामी थियो र अब उक्त माछा बजार टोयुसुमा सर्दैछ। जापानीहरु माछा खाने मामिलामा दुनियामै अग्रस्थानमा छन् र माछाका लागि मरिहत्ते गर्छन्। विश्वभरमा खपत हुने ब्लुफिन टुना माछामध्ये ८० प्रतिशत जापानीहरुले नै हजम गर्ने गरेका छन्।


Post a Comment