यो हो अमेरिकामा दुनियाकै कुरुप बाघ
अमेरिकाको लस भेगासमा एउटा यस्तो सेतो बाघ छ, जसलाई दुनियाकै सबैभन्दा कुरुप बाघको उपाधि दिइएको छ। कुरुप भैकन पनि आकर्षणको केन्द्र बनेको यो सेतो बाघ कुरुप हुनुको कारण यसको मुखाकृति हो। जुन बाघको जस्तो नभै कुकुरको जस्तो छ । दुनियामै दुर्लभ हुँदै गएको सेतो प्रजातिको यो बाघको नाम केनी हो। लस भेगासको नन मेम्बर जू मा रहेको यो बाघ जन्मिँदै अनौठो प्रकारका दाँत तथा अनुहारका साथ जन्मिएको थियो। विभिन्न शारीरिक समस्याका साथ जन्मिएको यो बाघलाई बचाउनका लागि पशु चिकित्सकहरुले निकै मेहेनत गर्नुपरेको थियो। बाघविज्ञहरुका अनुसार सेतो प्रजातिको बाघको प्रजननदर निकै कम छ र जन्मिएका बच्चा बाँचेर हुर्किने दर पनि कम हुन्छ। अझ यस्तो खालका फरक मुखाकृति वा जिउडाल भएका उत्परिवर्तित बच्चा जन्मिने सम्भावना चाहीँ एक लाखमा एक मात्र हुन्छ। स्मरण रहोस् अमेरिकामा सेतो बाघको कृत्रिम प्रजननमा रोक लगाइएको छ।
हेरौँ यो कुरुप बाघका केही फोटाहरु
हेरौँ यो कुरुप बाघका केही फोटाहरु






Post a Comment