अमेजनको जंगलमा भेटियो दुनियाको सबैभन्दा ठूलो सर्प
फिल्मको शुटिंग गरिरहेका बेला जंगलमा दुनियाकै सबैभन्दा ठूलो सर्प भेटिएको छ। इक्वेडरस्थित अमेजन जंगलमा फिल्म शुटिंग गर्ने क्रममा बीबीसीको टोलीले दुनियामा अहिलेसम्म फेला परेको मध्ये सबैभन्दा ठूलो एनाकोन्डा सर्प फेला पारेको हो। यो सर्पको लम्बाइ १७ फिट रहेको छ । स्थानीय वाऔरानी आदिवासीहरुले उक्त सर्पलाई समातेका छन्। उक्त एनाकोन्डालाई समातिएको डकुमेन्ट्री पनि बीबीसीले तयार गरेको छ, जसलाई बीबीसीको एक च्यानल मार्फत देखाइनेछ। उक्त शो को नाम Tribes, Predators and Me रहेको छ। यसलाई जोर्डन बुचानन नामका पत्रकारले प्रस्तुत गर्नेछन्। अमेजनका ती आदिवासीले एनाकोन्डालाई निकै पवित्र मान्दछन् र उक्त सर्पले आफुहरुलाई आत्मीक शक्ति दिने विश्वास गर्दछन्।


Post a Comment