दार्जिलिंगको विभिन्न समस्या निवारण लागि क्रामाकपा दिल्लीमा
नया दिल्ली : क्रामाकपाको ७ सदस्य टोलीले आज दार्जिलिगं चियाबगान श्रमिकको समस्या,गोर्खा चिन्हारीको माग गोर्खाल्याण्ड, गोर्खा जनजातिको माग,मदन तामांग हत्याकाण्डलगायत गत: वर्ष ३० जुनका दिन दार्जीलिंग, मिरिक र कालेबुगंमा गएको पैह्रौ अनि त्यसबाट प्रभावित भएका पीडितहरूको पूर्नवास, क्षतिपूरण, पैह्रौ रोकथाम, लापत्ता मानिसहरूलाई मृत्यु भएको घोषणा गरी क्षतिपूरण दिने मागमा केन्द्रीय वाणिज्यमंत्री निर्मला सितारमन र गृहराज्यमंत्री किरण रिजिजुसँग भेटघाट गरी वास्तविक कुरा बताउने तथा त्यसको निम्ति यथाशीघ्र उचित पदक्षेप लिने अनुरोध गर्यो | यस भेटघाट गर्ने टोलीमा क्रामाकपा केन्द्रिय प्रवक्ता कमरेड गोविन छेत्रीलगायत केन्द्रिय नेताहरू नर्बू लामा, किशोर प्रधान, क्रामाकपा दिल्ली शाखाका अध्यक्ष कमरेड उत्तम छेत्री, सदस्य रूपेन गुरुङ अनि क्रामाकपा हरियाणा शाखाका सचिव कमरेड किरण बिके सामेल रहेका थिए |


Post a Comment