दुनियाको अनौठो भूमिगत गाउँ दक्षिण अस्ट्रेलिया को कूबर पेडी
मेलबर्न : के तपाइँले जमिनमुनि बसाइएको कुनै गाउँका बारेमा सुन्नुभएको छ ? सायद सुन्नुभएको छैन होला। यो दुनियामा यस्तो पनि वस्ती छ जो पूरै भूमिगत छ। दक्षिण अस्ट्रेलियामा रहेको कूबर पेडी गाउँ दुनियाको अनौठो भूमिगत गाउँ हो। यहाँका मानिसहरुले ओपलका खानीहरुभित्र घर बनाएका छन्। यो गाउँमा ठूलो संख्यामा ओपल खानी रहेका छन्। त्यसैले यसलाई संसारको ओपल राजधानी पनि भनिन्छ। ओपल भनेको सेतो रंगको निकै बहुमुल्य पत्थर हो। कूबर पेडी मरुभूमि क्षेत्रमा रहेको छ। यहाँ गर्मीमा तापक्रम निकै उच्च हुन्छ भने जाडो महिनामा निकै कम। त्यसैले मानिसहरुले तापक्रम घटबढबाट अनुकुलित हुनका लागि यसरी जमिनमुनि घर बनाएका हुन्छन् ।
घरहरु बाहिरबाट त माटोबाट बनेका खाल्डा झैँ प्रतित हुन्छन्। तर भित्रबाट यिनको सजावट कुनै महलको भन्दा कम हुँदैन। यहाँका झण्डै ६० प्रतिशत मानिस भूमिगत घरहरुमा बस्ने गरेका छन्। जमिनमुनि भएकाले यी घरहरुमा तापक्रम सन्तुलित रहन्छ । न त गर्मीमा एसी चाहिन्छ, न त जाडोमा हिटर। यो गाउँमा थुप्रै हलिउड फिल्मको पनि सूटिंग गरिएको छ। सन् १९१५ देखि उक्त क्षेत्रमा खानी खन्ने काम सुरु भएको थियो। खानी उत्खनन तिव्र भएपनि स्थानीय मानिसहरुले निकै कठिनाइको सामना गर्नुपरेको थियो। तर उत्खनन सकिएसँगै मानिसहरुलाई खानीका खाल्डाभित्र बस्न निकै हाइसन्चो भएको छ।









Post a Comment