तातो तातो खरानी होइन : नेपाली कविताहरु
तातो तातो खरानी होइन,
यो बल्दै गरेको चूल्हो हो,
भिक्ष्या र दया भन्दा,
अधिकार ठुलो हो ।
यो बल्दै गरेको चूल्हो हो,
भिक्ष्या र दया भन्दा,
अधिकार ठुलो हो ।
ओजन र भोजन केही छैन,
भानसे कहाँ हुन्छ र,
भावना बिना को मान्छे,
जिउँदो कहाँ हुन्छ र ।
क्षणिक पैसा को क्षणिक जोश,
साँचो लाई अँगाल,
आगो को नदी मा तिमी छौ,
आँफैलै सम्हाल ।
कालो गिदी को टौकोमा,
सेतो धब्बा भर,
निन्दा गर्नु छोड़ेर,
ऐना हेर्ने गर
यती ठुलो खेल खेल्यौ,
खून को घुट्को पिउन लाई,
जाती सबै पोली खायौ,
केवल दुई दिन जीऊँनु लाई ।
तिमीले दिएको प्रतिबाद हरुले,
मुटुमा झस्को हुन्छ,
तिमी मर्दा लाश बोक्ने,
एउटा काँध कसको हुन्छ ,,,,,??
आर्नोल्ड राई,
संत मेरीज हिल,
खरसाँग ।


Post a Comment