तामिलनाडुबाट 6 आसामबासी गोर्खाहरू बन्दीमुक्त
नयाँ दिल्ली : राजधानी दिल्लीकी सक्रिय समाजसेवी, बन्दना राईको सक्रियतामा तामिलनाडु क्षेत्रमा बन्दी बनाइएका आसामबासी गार्खाहरूको उद्धार गरिएको छ। अल इन्डिया किराती खम्बु राई एसोसि एशनकी उपाध्यक्षा, रेलिमाइकी अध्यक्षा अनि अधिवक्ता, बन्दना राईले, यो घटना भएको जानकारी पाउनेसाथ उनी सक्रिय भइन्। त्यसपछि बन्दी बनाइएका 6 जनालाई नै मुक्ति दिलाउन सफल भएकी छिन्। घटनाको जानकारी अनुसार, तामिलनाडुको एरोड जिल्लामा आसाम राज्यको कार्बीआङ्गलोङ्ग जिल्लाको क्षेत्र र थाना, घेरोनी का 6 जना बन्दी बनाइएका थिए। उनीहरूको मुक्तिकोलागि कार्बी आङ्गलोङ्ग, क्षेत्र तथा थाना बोकाजान निवासी अनि आग्सुका केन्द्रीय सहसचिव, सन्जीव लिम्बूले यो जानकारी कार्बीआङ्गलोङ्ग कै क्षेत्र र थाना, उम्लाफेरका राजु भट्टराईद्वारा सम्प्रेसित सामा जिक सन्जालको माध्यमबाट पाएका थिए।
त्यहाँ पीडितहरूको सम्पर्क नम्बर पनि दिइएको थियो। लिम्बूले तिनमा सम्पर्क गरी घटनाको वास्तविक जानकारी लिए। त्यसपछि जानकारी एबीएन नेटवर्कका प्रोडक्शन चीफ,रुबेन गुरूङ्गलाई दिएर उनीहरूकोमुक्ति को लागि अनुरोध गरे। उनले त्यतिखेरै दिल्लीमा बन्दना राईलाई यो घटनामा सक्रिय हुने सल्लाह दिए। यसपछि यस घटनाका पीडितहरू अथवा बन्दी बनाइएका 6 जना क्रमश: मनोज थापा, पिङ्कु थापा, बोली साङ्गमा, बिरबोल साङ्गमा, बोगोत मारक र दिपोन दासको अन्तर्वार्ता मोबाइलकै माध्यमबाट लिएर एबीएन नेटवर्कबाट प्रसारण गराए । अर्कोतिर बन्दना राईले, यो घटना भएको जानकारी पाउनेसाथ उनी सक्रिय भइन् । राईले घटनाको सन्दर्भमा सम्पूर्ण तथ्यहरू प्रस्तुत गर्दै एरोड जिल्लाका डीसीपीको सल्लाहअनुसार अनलाइन अभियोग दर्ता गराइन्, जस को दर्ता सङ्ख्या,ODB 81706985 रहेकोछ। यससन्दर्भमा एरोड जिल्लाका पुलीश सुपरिन्टेन्डेन्ट, डा. शिवकुमार, नामक्कल जिल्लाका एसपी, जिया उल हक र अरूको ठूलोसहयोग रहेकोथियो।
बन्दना राईले फोनमार्फत गरेको अनुरोध लाई तुरून्तै क्रियान्वयन गर्दै डा. शिवकुमारले आफ्ना सहायकहरू लाई सक्रिय पारे। उनीहरूले बन्दीहरूसङ्ग सम्पर्क गरे। वास्तवमा त्यहाँ भाषाको समस्या थियो भने उनीहरूलाई राखिएको ठाउँ कुन हो भनेर बन्दीहरूले बताउन सकिरहेका थिएनन्। त्यसपछि पुलीश हरूले पीडितहरूको फोन नम्बरहरू ट्रेस गरेर वास्तविक ठाउँको पत्ता लगाए। यसबाट त्यो क्षेत्र नामक्कल जिल्ला अन्तर्गत पर्ने अनि डा. शिवकुमारले त्यहाँका एसपी, जिया उल हकलाई घटना को जानकारी गराएको कुरा गर्दै हकसङ्ग सम्पर्क गर्ने सल्लाह बन्दना राईलाई दिए। राईले तुरून्तै हकसङ्ग सम्पर्कगरिन्।यसरी एसपी,हकले पीडितहरूसङ्ग सम्पर्कगरी सम्बन्धित क्षेत्रमा तुरून्तै एउटा टोली पठाए। त्यो टोली 17 मार्चको साँझ घटनास्थल पुगे को थियो। टोलीले सम्पूर्ण घटनाको छानबीन गरयो ।
पीडितहरूले नामक्कल अन्तर्गत एउटा कम्पनीमा काम गरि रहेका थिए। त्यहाँको कामको कन्ट्र्याक्ट सकिएपछि उनीहरू घर फर्कन चाहान्थे। तर उक्त कम्पनीको मालिक र एजेन्ट मिलेर लाई नामक्कल जिल्ला अन्तर्गतै पत्रामेदु, थिरुचेनाङ्गगोडु टालिक, साङ्गागिरी रोड, शिवमन्दिर अर्थानारिश्वराको पहाडी क्षेत्रमा अवस्थित श्री लक्ष्मीदेवी बोरवेल कम्पनीमा काममा लगाए को थियो। उनीहरूले काम गर्न नमान्दा कम्पनीले दवाब दिएर खाने, पिउने र सुत्ने ब्यवस्थाबिना 15 मार्चदेखि थुनामा राखेको थियो। पुलीशले आरोपीमाथि कार्वाहीगर्ने काम थाल्यो भने पीडित हरूलाई भोलिपल्ट छोड्ने आश्वासन दिइयो।
18 मार्चको दिन पुलीशले त्यस ठाउँमा गएर पीडितहरूलाई उद्धार गरयो। यसपछि थानामा सम्बन्धित औपचारिकता पूर्ण गरेपछि उनीहरूलाई सम्पूर्णरुपले मुक्त गरियो । अहिले यी सबै पीडितहरू आफ्नो जन्मथलो, आसामको कार्बीआङ्गलोङ्ग जिल्ला को क्षेत्र र थाना,घेरोनी पुगका छन्। यी 6 जनाले त्यस्तोअवस्था बाट उनीहरूलाई मुक्ति दिलाउने कार्यमा सम्पूर्ण प्रयास चलाउने दिल्लीकी बन्दना राई, डा. शिवकुमारले त्यहाँका एसपी, जिया उल हक, एबीएन टेलेविजन, सन्जीव लिम्बू, राजु भट्टराई अनि अन्य सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेका छन्।

Post a Comment