PM मोदीलाई गोर्खाल्याण्ड भारतको 30औं राज्यको रूपमा गठन गरिनुपर्ने माग गर्दै सिक्किमबाट चिठ्ठी आन्दोलन शुरू
- हाम्रो खबर
गांतोक : प्रधानमन्त्री नरेन्द्र मोदीलाई गोर्खाल्याण्ड भारतको 30औं राज्यको रूपमा गठन गरिनुपर्ने माग गर्दै चिठ्टी आन्दोलन शुरु गरिएको छ। सिक्किमको राजधानी गान्तोकमा प्रधानमन्त्रीको नाममा पोस्टकार्डमा गोर्खाल्याण्डको माग गर्दै पत्रचार गरिने अभियान थालिएको छ। पहिलो दिन 200 जनाले पत्रचार गरेका छन्। यसका साथै सबैले निरन्तररूपमा पत्रचार गरिदिने आग्रह पनि चिट्ठी आन्दोलनका सहजकर्ता प्रवीण खालिङले बताएका छन्। पत्राचारमा अधिवक्ता, शिक्षक, सरकारी कर्मचारी, विद्यार्थी र आम जनता रहेका छन्।
येस अवसरमा वरिष्ठ वास्तुकार,कलाकार किरण रसाइली, कवि दीपा राई, पत्रकार विशाल गुरुङ, प्रकाश अधिकारी, धर्मगुरू स्वामी स्वदेशानन्दले पोस्टकार्डमा हस्ताक्षर गर्दै गोर्खाल्याण्डको माग पत्र लेख्नु भयो।
Post a Comment