सहिदको आमा भन्छिन हाम्रो छोराले गोर्खाल्यान्डको निमित्त ज्यान दिएको
बिजनबारी : सम्पुर्ण गोर्खाहरुको पहिचान तथा भारतको साचो नागरिकको परिचयको निम्ति छुट्टै राज्यको हुनपर्छ भन्दै दार्जिलिङ पहाडदेखि फैलिएको गोर्खाल्यान्ड आन्दोलन चरमसिमामा पुगेको तथा यो पटकको आन्दोलन निर्णायक नै हुनुपर्छ भन्दै पहाडमा बन्दले नयाँ रेकर्ड बनाउने क्रम एकातिर जारी छ भने एकाद मानिसहरु बाहेक सबै पहाडवासी यश बन्द तथा आन्दोलनलाई खुशीसाथमा स्वीकार गर्दै आएका छन साधरण जनताहरु।
अर्कोतिर पहाडको विभिन्न राजनैतिक दल तथा बुद्धिजीवीहरुको प्रतिनिधि मण्डल दिल्लीमा अड्डा जमाएर विभिन्न सासदहरुलाई प्रत्यक्ष तथा परोक्ष रूपमा भेट्ने कार्यक्रमहरु कायमै रहेको भए पनि लगभग दुई महिना पुगिसकेको बन्द तथा आन्दोलनबारे केन्द्र सरकारले ठोस कुनै वाक्य खोलेको छैन तथा खोल्ने छाटकाट देखिएको छैन यसैलाई आधार मानेर बगाल भित्रकै प्रान्तीय सरकार हुनसक्छ भन्ने अडकलबाजि लगाउने तथा पहाडको सर्वसाधारणमा हल्ला रहेको बेला यसपटकको आन्दोलनको पहिलो दिन १७ जुनको दिन दार्जीलिङ सिंहमारी पुलिसको फाइरिङमा ज्यान जाने बिजनबारी खण्डको रेलिङ कैजले समष्टिको रेलिङ गुम्बाटारका २४ वार्षिय गोर्खा सहिद महेश गुरुङका माता पिता खड्कबहादुर तथा इन्द्रमाया गुरुङले आफ्नो छोराले गोर्खाल्यान्ड राज्यकै निम्ति ज्यान गुमाएको बताउदै अन्य बगाल सरकारको प्रान्तीय व्यवस्था नानीहरु ललिपपमा सरह भएकोले यसपटक कुनैपनि व्यवस्थालाई स्वीकार नगर्ने लाखेस नेतृत्वलाई गरेका छन भने निर्दोष जनताको ज्यान लिनेे आफुले बुझेको सरकारी निर्देशन नरहेको समेत उनीहरूले बताएका छन भने आफ्नो छोराको सपनाहरू आफुले देखिन्छ कि भन्ने झिनो आशा लागेको तथा डेढ कडोर गोर्खाहरुको निम्ति छोराले ज्यान दिएको समेत उनीहरुले बताएका छन। हाम्रो छोराको बलिदानको साच्चै कदर तबसम्म हुदैन जबसम्म हामी बङालबाट छुट्टै हुदैनौ ऊनीहरुले छोराको तस्वीर छातीमा टासेर बताउछन्।
Post a Comment