शहिद दावा छिरिङ्ग भुटियाको पार्थिव शरीरलाई उनकै पारम्परिक अनुसार अन्तिम संस्कार सम्पन्न
पुरण गिरी
कालेबुङ, सेक्टेम्बर ४: गत १ सेक्टेम्बरको दिन सिक्किमको नाम्चीमा पश्चिम बङ्गाल पुलिसले चलाएको गोली लागेर दावा भोटियाको मृत्यु भएको थियो। यसरीनै हिजो उनको शवलाई सिक्किमबाट निज निवास पेदोङ ल्याइएको थियो। आज गोर्खाल्याण्डको वीर शहिद दावा छिरिङ्ग भुटियाको पार्थिव शरीरलाई कालेबुङ-त्रिपाइमा उनकै पारम्परिका अनुसार लामा पढाएर नै गरियो।अन्तिम संस्कारको सुरुवातमा गोजमुमोको कार्यकर्ता लगायत सम्पूर्ण गोर्खाल्याण्ड आन्दोलनकारीहरू द्वारा एक मिनटको मौनधारण गरि हजारौंको संख्यामा मानिसहरूले खदामाला गर्दै शहीदलाई श्रद्धान्जली अर्पण गरे।शहिद भोटियाको परिवारसँग पेदोङबाट पनि हजारौं मानिसहरू आएको थियो।
[फोटो :हाङ्खिम,कालेबुङ]





Post a Comment