Header Ads

नयाँ दिल्ली: GSSS द्वारा २४ तारिख को संसद मार्चमा समस्त गोर्खे सन्तानको सहभागिता र सहयोग को निम्ति निबेदन

समस्त गोर्खे संतान,
हजुर लाई अति आदर पूर्वक यो सुचित गर्न चाहन्छौ कि आगामी दिनांक २४ नोभेम्बेर २०१७  संसद को शीतकालीन सत्र को तेस्रो दिन देशब्यापी गोर्खाहरु को सहयोग र सहभागितामा प्रत्येक राज्य र शहर बाट विभिन्न राजनैतिक पार्टी, सामाजिक संस्था,बिद्यार्थी समूह, खेलकुद जगतका प्रतिनिधि हरु,बुद्धिजीबी बर्ग,गोर्खा भुतपुर्ब सैनिक संघ, व्यक्तिविशेष आदि लाई समाबेश गरेर शान्ति पूर्ण ढंगमा हाम्रो सबै भन्दा पुरानो गणतान्त्रिक मांग गोर्खाल्याण्ड को निम्ति संसद मार्च गरिरहेका छौ। हामी गोर्खाहरु विभिन्न राज्य तिर छरिएर बसे पनि सबै को मांग गोर्खाल्याण्ड हो अनि यो हाम्रो राष्ट्रिय मुद्दा हो भन्ने संदेश लिएर अनि हामी गोर्खा हरु बिभिन्न छेत्र मा देश को उत्थान र बिकाश को निम्ति अग्रशर छौ भन्दै हामी देश ब्यापी गोर्खाहरुको जन आकांक्षा र जन भावना लाई केन्द्र सामु राख्न पार्टी जात र धर्म देखि माथि उठेर हामी एक भएर सफल गर्ने निधो गरेका छौ।

उक्त हुने कार्यक्रम GSSS को मात्र नभएर यसलाई सम्पूर्ण गोर्खाहरु लाई एकसमान केन्द्र सामु प्रस्तुत गर्ने प्रयास हो, GSSS को पहल र आवाहन मात्र हो अनि यसलाई सबै राजनैतिक, अराजनैतिक साथै सामाजिक संस्थाहरु एक भएर फतेह गर्नु पर्छ।

यसउसले, हजुर हरु को तर्फ बाट पनि उक्त दिन धेरै भन्दा धेरै मात्र मा दिल्लीमा भेला भई दिने साथै हाम्रा गोर्खाहरु लाई दिल्ली सम्म आउन को निम्ति जरुरि सहयोग / मार्गदर्शन गर्दै साथै यो समाचार सबै सम्म पुराएर उक्त ऐतिहासिक पहल मा हजुर हरु ले पनि सहभागी भएर अग्रिम भूमिका निर्वाह गरिदिनु हुन बिनम्र निबेदन गर्दछौ। तपाईंको स्विकृतिको प्रतिक्षामा ।

कार्यक्रम : २४ नवम्बर २०१७ 
समय : १० बजी बिहान 
स्थान : संसद परीसर, नयाँ दिल्ली

धन्यबाद सहित

किरण बि के - अध्यक्ष  
सघन मोक्तान - कार्यकारी अध्यक्ष 
                                               
गोर्खाल्याण्ड संयुक्त संघर्ष समिती
(जीएसएसएस)
नयाँ दिल्ली ।

No comments

Powered by Blogger.