Header Ads

भारतीय लोकभाषा सर्वेक्षण सिक्किममा लगभग पूरा : पाण्डे

प्रविन खालिङ्ग 
गान्तोक। भारतवर्षमा बोलिने भाषाहरूको सर्ववृहत सर्वेक्षण भारतीय लोकभाषा सर्वेक्षण (पीएलएसआइ)-ले सिक्किमका भाषाहरूको सर्वेक्षण कार्य लगभग पूरा गरिसकेको छ। यस आशयको जानकारी सिक्किम विश्‍वविद्यालयका सहायक प्राध्यापक एवं भारतीय लोकभाषा सर्वेक्षण सिक्किम खण्डका सम्पादक बलराम पाण्डेले गत सप्ताह नयाँ दिल्लीमा आयोजित तीन दिवसीय सम्मेलन भाषा पर्वमा सिक्किम खण्डको अङ्ग्रेजी तथा नेपाली नमूना पुस्तकको लोकार्पण पछि बताएका हुन्। 


Powered by Blogger.