Header Ads

रणवीर चाहदैनन् सलमानको ‘बीग बोस’मा जान

आफ्नो नयाँ चलचित्र ‘बेशरम’को प्रमोशनका लागि नायक रणवीर कपुर विभिन्न रियालिटी शोहरुमा पुगिरहेका छन् । तर उनै रणवीर सलमान खानले संचालन गरेको ‘बीग बोस’मा भने पुगेका छैनन् । कार्यक्रममा जान ईन्कार गरिरहेका छन् । यसको मुख्य कारण भनेको सलमानसँग आमुन्ने सामुन्ने हुन नचाहनु नै हो । केही समय अघि रणवीर कपुर र उनकी प्रेमिका भनिएकी कटि्रना कैफको तस्बिर सार्वजनिक भएको थियो । जुन तस्बिरमा कटि्रनाले विकिनी लगाएकी थिइन् । यसैले पनि ‘बीग बोस’मा सलमानले यो कुरालाई फेरी दोहोर्‍याउने हुन् कि भन्ने सोचाई रणवीरको छ । अर्कोतिर रणवीरलाई ‘बीग बोस’मा नजान नायिका कटि्रना कैफले नै दबाब दिएको बताइन्छ । हरेक कार्यक्रममा पुगेर बेशरम बनिरहेका रणवीर ‘बीग बोस’मा आफ्नो नयाँ रुप देखाउन हच्किएका छन् । सलमान कटि्रनाको पूर्व प्रेमि समेत हुन् ।
Powered by Blogger.