Header Ads

बन्दको प्रभाव धार्ममा र विश्वकर्म भगवानको पूजनमा

मैले सोधे ‘भैया, मुर्ति कतिको बिक्री हुँदैछ?’
‘यो पालि मूर्तिको बिक्री राम्रो भएन हौ” तिनले भने।
‘किन?’ फेरि मेरो प्रश्न थियो मुर्तिकार सञ्जय पललाई।

Chewang Yonzon
कालेबुङ : ‘मैले किन भनिरहनु... तपाईलाई थाहै छ किन बिक्रि हुँदैन भनेर’ यती भनेर उनी फेरि विश्वकर्म भगवानको एउटा मुर्ति सिङ्गार्नतिर लागे। प्रत्येक वर्ष कालेबुङ शहरमा 50 देखि 60 वटासम्म विश्वकर्म भगवानको मुर्ति बिक्री गर्ने सञ्जय पल आज नियास्रो भावमा मुर्ति सिङ्गारी रहेका थिए। विगत वर्ष यहाँको टाउन-हल परिसरको तल्लो भागमा मूर्ती बजार लागेको हुन्थ्यो। तर आज त्यही ठाँऊमा केवल गोडा दुइ चार मुर्ती मात्र थियो। मुर्तीकार सञ्जय पालको भाव र मुर्तीको संख्यामा कमी आएको देख्दा विगतको पहाड़ बन्दले धार्मिक क्षेत्रमा पनि निकै प्रभाव पारेको देखिन्छ। दिनको दुइ बजेको हुनुपर्छ मुर्तीकार पाल धमाधम मुर्तीहरु सिंगार्नमा व्यस्त थिए। हात चलाउँदै तिनले कुराको शिलशिला अघि बढ़ाए ‘अस्तिको बन्दले गर्दा पुजा-आज साह्रै हुँदैन, त्यसैले मर्ती बिक्रि नभएको हो’। 43 दिन लामो बन्दले यहाँको अर्थीक अवस्था छताछुल्ला भएपछि यसले (बन्दको कारण) बिस्तारै जनसाधरणलाई चेपारोमा पार्दै आएको छ। 

विगतको बन्दले गर्दा हिजसम्म पहाड़को शिक्षा, सरकारी काम-काज, अनि व्यवसाय अदिमा देख्दै आएको प्रभाव आज स्पष्टरुपमा धार्मीक क्षेत्रमा पनि देखियो। विगत वर्षहरुमा धुमदामसंगले विश्वकर्म पुजा मनाउने यहाँको चालकसंगठनले पनि यसचोटीको पुजालाई सामान्यरुप दिएको छ। यसरी नै यहाँको पीड्व्ल्युडी विभागले पनि परमपरा स्वरुप यहाँको सातदोबाटे स्थित विभागको कार्यलयमा धूमधामसँगले पुजा मनाउने गर्छ तर यस चोटी भने पुजाको तयारीमा खासै चासो देखाएन। छुट्टै राज्य गोर्खाल्याण्डको मागमा मोर्चा अनि संयुक्त कार्वाही समितिले क्रमिकरुपमा ड़ाकेको बन्दले पहाड़लाई निकै चेपारोमा पारेको यी घटनाहरुले स्पष्ट भएकोछ।

बन्दको कारण आम-जनताको घरेलु बजेट फेल हुँदा मानिसहरुले धर्मसंग पनि समझौता गरिरहेका छन्। यो पाली कालेबुङमा विश्वकर्म पुजा सामान्य रुपमा पालन हुने निश्चित भएको छ। निजिकिन्दै आइरहेको नेपालीहरुको महान पर्व दशै अनि आम-हिन्दुहरुको पर्व दिपावलीले पनि यसचोटी पहाड़वासीसंग समझौता गर्नुपर्ने सम्भावना देखिन्छ। किन भने दशै खर्च जुटाउन अहिलेदेखि नै आम-मानिस आतुर रहेको देखिन्छन्। 

 
Powered by Blogger.