Header Ads

मलालाको आत्मकथा पाकिस्तानका स्कूलमा Ban

पाकिस्तानका निजी स्कुलहरुमा मलाला युसुफको पुस्तकमाथि रोक लगाइएको छ । किताब पाकिस्तान र इस्लामविरोधी भएको आरोप लगाइएको छ । अल पाकिस्तान प्राइभेट स्कुल्स फेडरेशनका प्रमुख काशिफ मिर्जाले समाचार एजेन्सी एपीसँग भनेका छन्-’मलालाको किताव ‘आई एम मलाला’ माथि रोक लगाईको छ । किनकी यसमा जे सामाग्री छन्, त्यो हाम्रो देशको विचारधारा र इस्लामी मूल्य मान्यताविरुद्ध छ ।’ ‘हामी मलालाको विरोधी होइनौं । उनी हाम्री छोरी हुन् । उनी आफैं आफ्नो किताबलाई लिएर भ्रमित छिन् ।’ मिर्जाले अघि भने-’उनका बाबुले किताबको प्रकाशकलाई सलमान रुश्दीको अनुच्छेद हटाउन र पैगम्बर मोहमदको नामपछि ‘पीस बी ओपन हिम’ लेख्न लगाए ।’ 

काशिफ मिर्जाका अनुसार गत वर्ष स्वात घाटीमा तालिबानले मलालामाथि गोली प्रहार गरेपछि पाकिस्तानका करीब डेढ लाख निजी स्कुल उनको समर्थनमा आएका थिए । तर, मलालाले आफ्नो आत्मकथामा जुन विचार व्यक्त गरेकी छिन्, त्यसप्रति उनीहरुको समर्थन छैन् । उहाँका अनुसार कुनै पनि स्कुल आफ्नो लाइब्रेरी वा परिसरमा आई एम मलाला किन्ने छैनन् । मलाला स्कुले विद्यार्थीहरुका लागि आदर्श थिइन । तर, किताबले उनलाई विवादास्पद बनाएको छ । अल पाकिस्तान प्राइभेट स्कुल्स फेडरेशनका प्रमुख मिर्जाले भनेका छन्-’यो किताबको माध्यमबाट मलाला पश्चिमा देशको कठपुतली बनिन् ।’ अल पाकिस्तान प्राइभेट स्कुल्स फेडरेशनले मलालाको किताबलाई स्कुलको पाठ्यक्रममा समावेश नगर्न समेत सिफारिस गरेको बीबीसीले जनाएको छ ।

Powered by Blogger.