Header Ads

बेबारिसे बच्चालाई कुकुरको नाम दियो

इंग्ल्याण्डको एक पार्कमा भेटिएकी नवजात बालिकालाई कुकुरको नाम दिइएको छ । त्यही कुकुरले नै अनाव शिशुको खोजीमा अहम भूमिका खेलेका थियो । बिहीबार दिउँसो बर्मिङघमको एक कम्क्युनिटी पार्कमा बेवारिसे अवस्थामा भेटिएको बच्चीको नाम अस्पतालका कर्मचारीहरुले ‘जेड’ राखेका छन् । वेष्ट मिडल्याण्ड पुलिसका अनुसार करिव २.७ किलोग्राम वजन भएकी बच्ची अहिले अस्पतालमै छिन् । 

आगामी २ सातामा उनको अवस्थामा पूर्ण सुधार आउने बताइएको छ । पार्कमा भेटिँदा बच्ची केवल २४ घण्टाकी मात्र थिइन । रोजर विलडे आफ्ना जर्मन शेपर्ड कुकुर जेडका साथ हिँडिरहेका थिए । जेड झाडीतिर गएपछि हेर्दा बच्चीलाई खेलौना ब्यागमा राखेर फालिएको अबस्थामा भेटिएको थियो। विलडेले भने-’म पार्कमा गइरहेको थिएँ । त्यसैबेला जेड झाडीतर्फ गयो र फर्किएर आएन । हेर्दा यसले त्यो व्याग लिएर आइरहेको थियो ।’ लगतै उनले एक साथीलाई सम्पर्क गरेर प्रहरीलाई खबर गरेका थिए ।


Powered by Blogger.