जीवन थिङको ५८औं जन्मदिनमा उनकै कविता तीन टुक्रा
जीवन थिङको जन्म सन् १९५५ को १९ डिसेम्बरको दिन पिता करसङ थिङ र माता डोलमी
तिङको कोखमा दक्षिण सिक्किमको नाम्ची अस्पतालमा भएको थियो । फोक्सामा
हावा पसेको विमार (फोबोसिस) ले पीडीत थिङको ५ जुलाई १९७८ मा आवश्यक अपरेशन
गरिए पनि होशमा आउन नसकी कलकत्ताको पीजी अस्पतालमा २३ वर्शको उमेरमा मृत्यु
भएको थियो। जीवन थिङको नाममा अहिले माटो कवि जीवन थिङ व्यक्तित्व र
कृतित्व अनि साङ्गोलमा बाधिएको घोडाका टापहरू दुइ पुस्तक उपलब्ध छ।हाम्रा माटो कवि जीवन थिङको ५८औं जन्म दिनमा उनकै कविताको तीन टुक्राको उल्लेखसितै हार्दिक श्रद्धाञ्जलि...
उनले भने जस्तै अझै पनि हामीसित चोट लागेको इतिहासबाहेक केही छैन श्रद्धाञ्जलिमा पनि ग्लानीबाहेक केही छैन...
1. कहिले काँहि मेरो देश सम्झदा
त्यो देउराली र छर्योतेनको देश सम्झदा
टाडा-टाडामा शान्तिका प्रतीक ध्वजाहरूको ताँती सम्झँदा
त्यो पाउरोटीको याद आउँछ जसलाई दुइ चोर बिरालाहरू खान चाहन्छन्
तर आपसमा नमिलेर बाँदरलाई न्याय माग्न जाँदा
बाँदरले जम्मै निल्छ...
2.बल्लभ दाई!तपाईंभन्दा म धेरै अभागी छु
तिम्रो छात्तीमा आमाले आत्महत्या गरेको देश छ
रूनलाई मेची काली छन्
छुनलाई रगत लागेको खुकुरी छ
तर मेरो निम्ति चोट लागेको इतिहासबाहेक
अरू केही छैन...
3. आऊ मेरो प्रत्येक हिमाली मुटुहरू
यी हिमाललाई आफ्नो भन्न सकौं
तिम्रा माटाको मुटुमा स्वतःको
अभिमापूर्ण गीत सुसेल्न सकौं...
- Prabin Khaling Facebook Wall


Post a Comment