क्रिकेट खेलाडीलाई सशस्त्र प्रहरीद्वारा नगदसहित सम्मान
काठमाडौं । सशस्त्र प्रहरी बलले विश्वकप ट्वान्टी-२० क्रिकेटमा छनोट भएको राष्ट्रिय क्रिकेट टोलीलाई नगदसहित सम्मान गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले एकमुष्ठ चार लाख रुपैयाँ नगदसहित फुलमाला र अविरले सम्मान गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक वन्तले क्रिकेट टोलीका कप्तान पारस खड्कालाई चार लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो । क्रिकेट टीमका १५ खेलाडी मध्ये ८ जना खेलाडीहरु नेपाल एपीएफ क्लबमा आवद्ध छन् ।

Post a Comment