Header Ads

नेपाल-तिब्बत युद्धका इतिहास : एउटा अध्ययन लेख सामग्री

पहिलो नेपाल तिब्बत युद्ध नेपालका लागि तिब्बत प्रागएतिहासिक काल देखि राम्रो बजार थियो नेपाली ब्यापारी हरूले आफ्नो ब्यापारीक संबध तिब्बतमा अती राम्रो राखेका थिए। नेपालका राजा अंसुर्वमाले छोरी भृकुटीको विवाह तिब्बतका राज स्रङचगं गम्पो सँग गरिदीनुका साथै थुप्रै नेपाली ब्यापारी तथा सरकारी कर्मचारी हरूले तिब्बती केटी विवाह गर्ने गर्दथे। व्यापारीक रूपमा पनि नेपालका लागि यो संबध लाभकारक थियो किन भनें तिब्बत आफैले सिक्का बनाउदैनथ्यो नेपाली चांदीका पैसानै तिब्बतका पनि पैसा का रूपमा उपयोग हुन्थे। तर त्यो राम्रो संबध तब बिग्रन थाल्यो जब मल्ल राजा हरूले काठमाडौं एकिकरणको अवस्था तिर शुद्ध चांदीका पैसा नपठाइ मिसावटी चाँदीका पैसा पठाउन थाले, जब पृथ्वी नारायण शाहले उपत्यका एकिकरण संपन्न गरे तिब्बतले मिसावटी मुद्रालाई शुद्ध चांदीका मुद्राले साट्नुपर्ने माग गर्‍यो। 

उनले यदी तिब्बती माग पुरा गरेमा आफुलाई ठूलो घाटा हुने देखे त्यसैले उनको देहान्त सम्म यो मुद्धा यथास्थितिमा रह्यो। साना राजा रणवाहदुर शाही रिजेन्ट भएकी राजमाता रानी राजेन्द्र लक्ष्मीले सन १८८८मा यो मुद्रा समस्या हल गर्ने प्रयास गरिन साथै नेपाल तिब्बत संबधमा अर्को दुखद घटना स्यामर्पा लामा र उनका १४ चेला हरूलाई नेपालले सरण दिने भन्ने कुराले घटन पुग्यो। उनी तिब्बतबाट राजनीतिक तथा धर्मिक कारणले गर्दा नेपाल पसेका थिए। त्यसैगरी अर्को कारण तिब्बतबाट नेपाल आउने सबै नुन तिब्बतले नेपाललाई त्यसबेला उपलब्ध गराइ रहेको नुन अत्यान्त निम्न स्तरको नुन थियो तिब्बत नेपालले दिएको चेतावनीको वेवास्ता गर्दै युद्धको तयारी गर्न थाल्यो। त्यसैपछी नेपाली हरूले तुरून्त तिब्बतमा थुप्रैठांउबाट आक्रमण बनाउन बाध्य भए। 

अन्तिम नेपाल तिब्बत युद्ध प्रधानमन्त्रीको रोलक्रम बसाउने राणा प्रथम प्रधानमन्त्री जंगबाहदुर राणाको उदयपछी नेपालले राजनीतिक स्थाइत्व पाइरहेको अवस्था थियो जंग बाहदुरले आफु शक्तिमा आएपछी सेनाको निरंतर विकासमा लागे र उनी मानसिक रूपमा तिब्बतसँग लडांका लागि तयारी गर्न थाले। किनीक दोस्रो नेपाल तिब्बत चिन युद्ध पछि भएको बेत्रावती सन्धी अपमानपूर्ण र नेपालका लागि अहितकारी थियो जंग बाहदुर नेपालीको राष्ट्रिय गौरब फर्काउन चाहन्थे, चिनियाँ र ब्रिटेनमा राख्ने कार्यमा सफल भइसकेपछी जंग बहादुरले १४००० नयाँ सेना भर्ती गरे त्यसै गरी ८० वटा १२ पाउन्डरका तोपहरू २४ वटा ६ पाउन्डर का तोप हरू थुप्रै संख्यामा पहाडी मोर्टार हरू होइजारहरूको व्यवस्था गरियो। देश सुरक्षाका लागि १२००० सेना छुट्याइ पश्चिम र पूर्वी कामन्डिङ जर्नेल हरूलाई पाँच,पाँच हजार थप सेना तयार गर्न भनियो। थुप्रै प्राबिधीकलाई काम लगाइ बन्दुक,गोली, युद्ध सामाग्री बनाइयो , हरेक लडाकु सैनिकलाई बख्खु तथा दोचा बनाइयो नेपाल ब्रिटेन युद्ध पछि यो नै नेपालको सबै भन्दा ठूलो युद्धको तयारी थियो। जुम्ला धनकुटा लगायतका ठांउमा नयां सुरक्षा चौकी स्थापना गरी शाही नेपाली सेनाका जवान हरू तैनाथ गरियो। 

त्यसपछी नेपालले तिब्बतलाई एक पत्र पठाउदै ताक्लाकोट, कुती, र केरूङको क्षेत्र नेपाललाई फर्काउन। नेपाली ब्यापारी हरूले ब्यहोर्नु परेको घाटा बापत १ करोड चांदीका सिक्का दिन माग गर्‍यो। तिब्बतले त्यो प्रस्ताव अस्विकार गरेपछी जंग बाहदुर राणाले सन १८५५को मार्चमा युद्धको घोषणा गरे केरूङ अभियानको नेतृत्व बम बाहदुर कुवंरले २५७२८ सेना का साथ गरे भने, कुती अभियानको नेतृत्व धिर सम्शेरले ४६७८ शाही नेपाली सेना का साथ गरे , मुस्ताङबाट कृष्ण ध्वज कुवंरले २५०० सेना का साथ अगाडी बढे त्यसैगरी वलङचुङगोला तर्फको नेतृत्व २००० सेनाका साथ पृथ्वी ध्वज कुंवरले गरे। शत्रु तर्फका मुख्य सेना नायक सेथ्या काजी थिए उनी सँग ५० हजार सेना रहेको थियो। तिनी हरू मध्य ८००० दिर्गाचामोर्चामा तैनाथ थिए भने ४० हजार सेना टिंगरी क्षेत्रमा तैनाथ थिए, कुनै लडांइ बिना नेपाली सेनाले केरूङ कब्जा गर्‍यो तर तिब्बती हरू आफु अनुकुलको ठांउमा लडनका लागि ठूलो शक्तिका साथ बसी रहेका थिए जब नेपाली सेनाले त्यो कुरा थाह पाए जंग बाहदुर राणाले थप ठूलो सेना तोप सहित जगत सम्शेर तथा कर्णेल भक्त जंग कुंवरको नेतृत्वमा त्यस तर्फ पठाए। 

बम बाहदुरले कुकुरघाट सजिलै पार गरे दसदिन देखि झांग क्षेत्रमा लडांइ चलिरहेकै थियो थुप्रै तिब्बती सेना मारिए र अन्तमा आत्मसर्मपण गरे। उच्चपाहडकोको टुप्पामा रहेको र तुरून्तै शत्रुको चाल पाउन सकिने गुना गढीमा ६५०० को मजबुत तिब्बती सैनिक टोली थियो जब नेपाली गढीको नजीक पुगे तिब्बती हरूले फाएर खोले , अत्यान्त चिसो जलवायु साथै ठूलो हिमपात पनि रहेको थियो तिब्बती भन्दा थुप्रै नेपाली सैनिक मारिए अन्तमा दुई छुट्टै दिसा बाट आक्रमण गरेपछी नेपाली सेना सफल भयो ६०० तिब्बती युद्ध बन्दीको रूपमा समातिए। अर्को लडाइ झुंग गढीमा भयो जुन अत्यान्त कठा चट्टाने पाहडमा बनेको थियो र त्य गढीमा १० हजार सम्म सेना राख्न सकिने व्यवस्था थियो त्याह त्यति बेला ६००० तिब्बती सेना त्यसको सुरक्षाको लागि बसेका थिए।त्यांहा पनि नेपालीका लागि प्रतिकुल जलवायु थियो थुप्रै चोटी नेपाली हरूले गढी कब्जा गर्ने प्रयास गरे अन्तमा १७२१ तिब्बती मारिएपछी ११०० युद्ध बन्दी भएपछी लडांइ सकियो त्यो लडांइमा ३७२ नेपालीले पनि वीरगती प्राप्त गरेका थिए। 

कुती क्षेत्रमा अगाडी बढेका जनरल धिर सम्शेर अप्रील १८५५मा चुसानमा लडांको सामना गरे र कुती कब्जा गरीयो उनले तिब्बत पस्नु अगाडी दुगुनामा किल्ला बनाए त्यसै गरी लिस्ती गाँउ जाहा बाट लजिस्टीक सपोर्ट पाइएको थियोलाई पनि सुरक्षित बनाए। सोना गुम्ब एक मजबुत किल्ला थियो जांहा ८००० तिब्बती हरू तोप सहित बसेका थिए धिर सम्शेरले अचानक आक्रमण गरे तर दुबै तर्फका धेरैको ज्यान गयो।गारै सँग नेपालले लडां जित्यो तिब्बती हरू पछाडी हटन थाले र लडांइ भन्दा सन्धीको कुरा गर्न थाले एक चिनियाको नेतृत्वमा एक कुट नितीक मिसन १३ अगस्ट १८५५ मा कुराकानी गर्न काठमाडौं आइपुग्यो तर सहमती हुन सकेन।नेपाली सेना तिब्बतमै थिए अर्को बैठक सिकारजोंगमा बस्यो तिब्बतसँग नेपालले ९००००० रूपैया युद्धको क्षतपुर्ती माग्यो तिब्बतले तिर्न इन्कार गर्‍यो तर नेपाली सेना फिर्ता गर्नुपर्ने कुरा गर्‍यो किन भनें उनीहरू ठूलो सेना पुर्नसँगठन गर्दै थिए। 

अन्तत १ नोभेम्बर १८५५मा तिब्बती हरूले १५००० सेनाका साथ नेपाली हरूको कुती पोजीसनमा ठूलो प्रत्यक्रमण सुरूगरे नेपाली हरूका लागि यो अचानक आक्रमण थियो नेपाली सेना दुगुना गढी तथा लिस्ती फर्क्यो तर तिब्बती हरूले अर्को अचानक प्रत्यकक्रमण झुंगमा गरे तर कर्णेल प्रितम कुंवर राणा आफ्नो स्थानमा डटेर रहे जंग बहादुर राणाले जब यो खबर पाए अनि थप सेना झुंगा र कुती दुबै तर्फ पठाए धिर सम्शेरले पुन चारै तिरबाट आक्रमण शुरू गरे नेपाली हरूले पुन दुवै ठांउका युद्द जिते। नेपाली अभियान रोक्न तिब्बती हरू सन्धी गर्न राजी भए र तिब्बती हरूको एक टोली नेपाली राजधधानी आइपुग्यो जनवरी १८५६मा एक महिना पछि थापथली सन्धीमा नेपालका प्रधानमन्त्री जंग बाहदुर राणा तथा तिब्बतका कोलान सत्र द्वारा हस्ताक्षर गरियो जुन सन्धी धेरै हद सम्म बेत्रावती सन्धी भन्दा नेपालको पक्षमा छ। 

Powered by Blogger.