आंधी आउने चाल छ : नेपाली कविताहरु
आंधी आउने चाल छ,
समुन्द्र को छाल मा,
बादलहरु कालो भयो,
के छ तिम्रो चाल मा |
समुन्द्र को छाल मा,
बादलहरु कालो भयो,
के छ तिम्रो चाल मा |
गोट्टीहरु फ्याकंदै गर,
रित्तो रित्तो थाल मा.
खुट्टा तिम्रो परि सक्यो,
माछा मार्ने जालमा |
रित्तो रित्तो थाल मा.
खुट्टा तिम्रो परि सक्यो,
माछा मार्ने जालमा |
आखिर तिमीले के पायौ,
जातिलाई याहाँ बेचेर,
सुन चांदी खोजी बस्छौ,
अन्धकारमा बसेर |
जातिलाई याहाँ बेचेर,
सुन चांदी खोजी बस्छौ,
अन्धकारमा बसेर |
दुख होस् की सुख,
हांसी दिने बर्खा झरी,
दार्जीलिंगको वरी परी,
फुली बस्छ सुनखरी |
हांसी दिने बर्खा झरी,
दार्जीलिंगको वरी परी,
फुली बस्छ सुनखरी |
पैसाको घुम्टो ओढेर,
तिम्रो टाउको बाङ्गो,
राजनीतीको टोपी लाएर,
शरीर भएछ नाङ्गो |
तिम्रो टाउको बाङ्गो,
राजनीतीको टोपी लाएर,
शरीर भएछ नाङ्गो |
जुत्तामा गोला पड्केर,
सेतो लुगा थान्गने,
हजार गाल सुनेर,
अन्ग्कुसेले तान्ने |
सेतो लुगा थान्गने,
हजार गाल सुनेर,
अन्ग्कुसेले तान्ने |
हामी भयौं गोर्खाली,
नदेखेको जाती,
गोर्खाली लाई देख्यौ भने,
करंग दुख्छ राती |
नदेखेको जाती,
गोर्खाली लाई देख्यौ भने,
करंग दुख्छ राती |
आर्नोल्ड राई,
संत मरीज हिल,
खर्सांग,
दार्जीलिंग
संत मरीज हिल,
खर्सांग,
दार्जीलिंग


Post a Comment